व्यवसायी-व्यवसायी बिच फुटसल प्रतियोगिता हुँदै, बिजेताले पाउने राशी कती ?(भिडियोमा हेरौ)

दमक/
दमक उद्योग वाणिज्य सघंको ३१ औ वार्षिक उत्सवको उपलक्षमा दमकमा व्यवसायी व्यवसायी बिचमा फुटसल प्रतियोगिता हुने भएको छ ।
दमकमा रहेका बिभिन्न बस्तुगत व्यवसायी सघं बिच प्रतियोगिता हुन लागेको सघंले आज पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।

‘भदौ ६ गते बुधबार बिहान ८ बजेदेखी दिनको बजे सम्म प्रतियोगिता हुने छ । जसको सम्पूणर् तयारी सकिएको छ । ’ पत्रकार सम्मेलनमा बोल्दै कार्यक्रम संयोजक तुलसीराम तिम्सिनाले जानकारी गराउनु भयो ।

उहाँका अनुसार दमकमा रहेका ८ वटा वस्तुगत सघंका बिचमा प्रतिस्पर्धा हुने छ । यसको खेल तालिका पनि तयार पारिसकिएके उहाँले बताउनु भयो ।

पहिलो खेल बिहान ८ बजे थान कपडा व्यवसायी सघं र सुनचाँदी व्यवसायी सघं बिचमा हुने छ । दोस्रो खेल ९ बजे रेडिमेड व्यवसायी सघं र अटो मोवाईल सघं बिच हुने छ भने तेस्रो बिहान १० बजे खेल मोवाईल व्यवसायी सघं र जुत्ता चप्पल व्यवसायी सघं बिच हुने र अर्को खेल किराना व्यवसायी सघं र होटल व्यवसायी सघं बिच हुने खेल तालिका पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

प्रतियोगिताको विजेताले नगद १५ हजार, उप बिजेताले नगद १० हजार र शान्तावना हुनेलाई पनि २ हजार १ सय को पुरस्कार सहित ट्रफि तथा प्रमाणपत्र प्रदान गरिने सघंका अध्यक्ष गोपाल गुरागाइँले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा कार्यक्रमको बारेमा कार्यक्रम संयोजक तिम्सिनाले दिनु भएको जानकारीको भिडियो यहाँ राखीएको छ ।

Facebook

Share: