झापामा ‘वामपन्थी घर फर्क’ अभियान

दमक/
बाटो बिराएर अन्यत्र गएका पुराना वामपन्थीहरुलाई पूःन घर फर्काउने अभियान झापामा सुरु हुने भएको छ ।
नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्कीका अनुसार बिगतमा एमालेमा रहेर पार्टिगत काम गरेको र योगदान गरेका तर बिचमा बाटो बिराएर अन्यत्र गएकाहरुलाई पार्टिमा फर्काउने अभियान सुरु गर्ने निर्णय सचिवालय बैठकले गरेको छ ।

 

एमाले पार्टिलाई थप मजबुत बनाउन र जनताका समस्याका बारेमा जनताकै बिचमा गएर अन्र्तकृया गर्दै एमाले प्रति जनताको आकर्षण थप बढाउने अभियान पनि थाल्ने उहाँले बताउनु भयो ।

 

पार्टिलाई गतिशिल बनाउँदै जनताको घर दैलोमा जाने र समस्याको पहिचान गरि समस्या समाधान गर्न नितिगत रुपमा सुधार गर्न पर्ने कामहरुमा सरकारलाई दवाद दिने गरिको काम जिल्ला , पालिका तथा वडागत रुपमा अघी बढाइने अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

Share: