कोशी प्रदेश : एमाले–राप्रपाले गरे संसद बहिस्कार

बिराटनगर/
मुख्यमन्त्रीको विश्वासको मतका क्रममा सभाध्यक्षको कुर्र्सीबाट संविधानको उल्लंघन भएको भन्दै कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्षी नेकपा एमाले र राप्रपाका सांसदहरूले बहिष्कार गरेका छन् ।

आजको बैठकको अध्यक्षता पनि सहभागीमध्येका ज्येष्ठ सदस्य कांग्रेसका इसराइल मन्सुरीले गर्नु भएको छ ।

राप्रपाका संसदीय दलका नेता भक्ति सिटौलाले अमर्यादित ढंगलबाट विश्वासको मत लिने काम भएको र संसदीय इतिहासमा कहिलल्यै नभएको घटना भन्दै बहिष्कार गरेको प्रतिकृया दिनु भयो ।

मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा सभाका अध्यक्ष इसराइल मन्सुरीले केहीबेर अर्कोजनालाई बोलाएर थापाको पक्षमा मत दिनु भएको थियो । एमाले र राप्रपाका सांसदले नाराबाजी गर्दै बहिष्कार गरेपछि मन्सुरीले अनिश्चितकालका लागि बैठक स्थगित गर्नु भएको छ ।

Share: