दमक/
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाका विरुद्ध एमाले कोशी प्रदेश संसदीय दलका नेता हिकमत कुमार कार्की सवोच्च अदालत पुग्नु भएको छ ।
थापाले विश्वासको मत लिँदा संविधान र सर्वोच्च अदालतको आदेश उल्लंघन गरेको भन्दै कार्की रिट निवेदन लिएर सर्वोच्च अदालत पुग्नु भएको हो ।
विश्वासको मत लिने क्रममा प्रदेश सभाको अध्यक्षता गरिरहेका कांग्रेस सांसदले पनि मुख्यमन्त्री थापाको पक्षमा मतदान गरेको र त्यसले संविधान र सर्वोच्च अदालतको आदेशको उल्लंघन गरेको भन्दै कार्की रिट निवेदन लिएर सर्वोच्च पुग्नु भएको हो ।
उहाँको रिट निवेदन दर्ताको क्रममा रहेको एमाले कोशी प्रदेशसभाका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिनुभयो ।