शेयरबारे दमकका मेयरको बुझाई : ‘यो त वैद्यानिक जुवा जस्तै रहेछ’

दमक/
दमक नगरपालिकाका मेयर राम कुमार थापाले शेयर कारोबार तथा बजारलाई ‘वैद्यानिक जुवा’को संज्ञा दिनु भएको छ ।

आज दमकमा जे एफ सेक्यूरिटिजको शाखा कार्यालय उद्धघाटन कार्यक्रमको प्रमुख अतिथीको रुपमा बोल्दै मेयर थापाले आफुले शेयर बारेमा कम बुझेको र बुझ्दै जादा यो एक प्रकारको वैद्यानिक जुवाजस्तै रहेको बताउनु भयो ।

‘शेयरमा लगानी गर्दा कतीबेला घट्ने र कतिबेला बढ्ने । यहि कारोबार गरेका कोहि छोटो समयमै करोडपति बनेका पनि देखे कोहि रोडमा आएको पनि देखे । बुझ्दै जादा त शेयर कारोबार एउटा वैद्यानिक जुवा जस्तै रहेछ ’ थापाले बताउनु भयो ।

‘शेयर निष्कासन गर्ने कतिपय कम्पनीहरुमा ठुला भनिएका लगानी कर्ताहरुले त्यहाँबाट धेरै मुनाफा लिन धेरै कारोबार गरेको देखाइदिने र सर्वसाधरणको आकर्षण बढाएर पछि ह्वात्तै त्यो कम्पनीको शेयर घटाई दिने पनि हुन कि ’ आफ्नो आशंका रहेको बताउँदै मेयर थापाले ‘यो पनि एक प्रकारको जोखिमको ब्यापार रहेकोले जुवानै हो कि अझ भनौ वैद्यानिक जुवा । ’ बताउनु भयो ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नु होला

सेयर मार्केटबारे दमकमा मेयर रामा थापा भन्छन: यो त एउटा वैधानिक जुवानै हो कि । – YouTube

शेयरको ‘ब्रोकर’ कार्यालयको शाखा उद्धघाटन
झापाको दमकमा सेयर कारोबार गर्नेहरुलाई सहजता प्रदान गर्न ‘ब्रोकर अफिस’ खुलेको छ । जे एफ सेक्यूरिटिजले दमकमा आफ्नो शाखाको आज एक औपचारिक कार्यक्रम गरि उद्धघाटन गरेको हो ।

दमक नगरपालिकाका प्रमुख राम कुमार थापालाई प्रमुख अतिथी बनाएर जे एफले दमकका आफ्नो शाखा बिस्तार गरेको हो ।
काठमाडौ उपत्यका बाहिर दाङ पछि दमकमा शाखा खोलीएको यसका प्रबन्ध निर्देशक लोकेन्द्र प्रधानले जानकारी दिनुभयो ।

यहाँ शेयरका कारोबार गर्नेहरुको अत्याधिक माग पछि बल्ल शाखा खुल्न जुरेको प्रधानले प्रष्ट पार्नु भयो । यसले दमक सहित आसपासमा बसेर शेयर कारोबार गर्नेहरुलाई किन बेच गर्न सहज हुने विस्वास गरिएको जे एफ कि अध्यक्ष बिजया जोशीको भनाई छ ।

कार्यक्रममा शेयर बजार सम्बन्धीका प्रशिक्षक सुवास चन्द्र भट्टराईले नेपालमा पछिल्लो समय शेयरका कारोबारी बृद्धि भएपनि सरकारले आवश्यक पर्ने नियम र यसलाई गर्ने नियमन निकायलाई चलायमान नबनाइदिदा असुरक्षा पनि उत्तीकै बढेको उल्लेख गर्नु भयो ।

शेयर कारोबार गरेर धेरै मानीसहरुले मनग्गे आम्दानी गरेकोले यसलाई थप व्यवस्थित र सुरक्षित बनाउन सरकारको नितिनै प्रमुख रहेकोले यसमा सरकारको ध्यान पुग्नुपर्ने उल्लेख गर्नु भयो ।

Share: