हराउँदै कोदो खेती

कोदो खेती लोप हुँदै, करोडौको आयात भइरहँदा पनि खेती विकास गर्ने सरकारी कार्यक्रम बनेन

इलाम/
परम्परागत रुपमा गरीदै आएको कोदो खेती अहिले पनि इलामको ग्रामीण भेगमा फाट्ट फुट्ट पाईन्छ । रैथाने बालीको रुपमा रहेको र लोप हुँदै गरेको अवस्थामा अहिले पनि इलामको माई नगरपालिकाका ग्रामीण ठाउँमा कोदो खेती फाट्ट फुट्ट हुने गरेको । नेपालमा करोडौको कोदो आयात भइरहँदा इलाममा भने फाट्ट फुट्ट कोदो खेती पाईएको छ । सडक सञ्जाल विस्तार भएसँगै तराईबाट चामल, गहुँ भित्रिन थालेपछि घट्दो क्रममा रहेको कोदो खेती इलाममा अहिले पनि मासिएको छैन ।

जिल्लाको माईनगरपालिकाको ग्रामिण भेगका किसानले अहिले पनि कोदो खेति गरिरहेका छन । कम मूल्य भएकाले धान, गहुँ र मकै जस्तै कोदोलाई किसानले महत्व नदिने र खेती लगाउँदाको लागत उठाउन गाह्रो भएकाले पनि कोदो खेती लोप हुे अवस्थामा पुगेको हो । अहिले खेती गरिरहेका ठाउँमा पनि आफूलाले प्रयोग गर्नेगरी मात्र कोदो खेती हुने गरेको छ ।

माई नगरपालिका एकमा धेरैजसो राई, लिम्बु लगायत जनजाती समुदयको बसोबास भएकाले अहिले पनि कोदो खेती भइरहेका छन् । परम्परागत शैलीमा स्थानीय जातको बीउ प्रयोग गरी मकै पाक्ने बेलामा घुसुवा बालीका रूपमा लगाइने कोदोखेती जिल्लाका सबै गाउँबस्तीमा हुन्थ्यो तर आजभोलि फाट्ट फुट्ट बाहेक खेती हुन छाडेको छ । प्रशस्त मात्रामा कोदो फलाउन सकिने जमीन रहेपनि इलाममा व्यवसायीक खेतीप्रति कृषक आकर्षित नहुँदा खेती विस्तार हुन सकेको छैन ।

कोदो पौस्टिक आहारको रुपमा सबैभन्दा राम्रो भएपनि यसको महत्व थाहा नहुनु र सरकारले कोदो खेति प्रति चासो नदिएको कारण खेती हराउन थालेको गुनासो छ ।इलाममा आर्थिक वर्ष २०७६/७७ मा एकहजार पाँचसय ५९ क्षेत्रफलमा एक हजार आठसय ८२ मेट्रीकटन उत्पादन भएको तथ्याङक छ । त्यस्तै ७७/७८ मा १६ सय हेक्टरमा खेती गरेर एकहजार नौ सय २५ मट्रीकटन उत्पादन भएको ज्ञान केन्द्रको तथ्याङक रहेको छ । तथ्याङक हेर्ने हो भने कोदो खेतीको क्षेत्रफल र उत्पादन बढेको देखिन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रामेछापमा रैथाने बाली संकटमा

रामेछाप,२९ साउन । रोजगारीका लागि काम गर्ने जनशक्ति बिदेसिने र गाउँबाट सहर पस्ने क्रम बढेसँगै रामेछापका खेतबारी बाझिँदै गएका छन् । खेतीयोग्य जमिनमा समेत श्रम

‘ग्यास अभाव छैन, आवश्यकता अनुसार मात्र खरिद गर्न सरकारको आग्रह’

काठमाडौं,२९ साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा एलपी ग्यासको आपूर्तिमा समस्या नरहेको भन्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न आग्रह गरेको छ ।शुक्रबार

’देउवाकै नेतृत्वमा कांग्रेस एकताबद्ध हुन्छ’ : रमेश लेखक

काठमाडौं,२९ साउन । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा एकताबद्ध हुने विश्वास व्यक्त गर्नु भएको छ । नेपाली कांग्रेस

स्वास्थ्य बीमाअन्तर्गत ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड भुक्तानी

काठमाडौं,२९ साउन । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत विभिन्न जिल्लाका ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड ८ लाख ९४ हजार ९६० रुपैयाँ ६९ पैसा भुक्तानी गरिएको

मर्यादित रोजगारी र नीतिगत सुधारमार्फत श्रम बजारलाई आकर्षक बनाइनेछ: श्रममन्त्री यादव

विराटनगर, मोरङ / युवा, श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादवले युवाहरूलाई स्वदेशमै रोजगारीका पर्याप्त अवसरहरू सिर्जना गरी राष्ट्र निर्माणमा जोड्नका लागि मन्त्रालयले ऐतिहासिक नीतिगत