झापामा प्रहरीमाथीनै बन्चरो प्रहारा गरिएपछि…..

दमक/
झापामा प्रहरी माथीनै बन्चरो प्रहार भएको छ ।
इलाका प्रहरी कार्यालय झिलझिले झापाका इन्चार्ज प्रहरी निरीक्षक युवराज कटुवालमाथि बञ्चरो प्रहार भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

शिवसताक्षी नगरपालिका वडा नं. ९ झरना खोलाको पुलनजिक मोटरसाइकलमा आएका तीन जनाले बञ्चरो प्रहार गरेको प्रहरीले जनाएको छ ।

आज साँझ ६ः५० बजेको समयमा केही व्यक्ति लागूऔषध ब्राउनसुगर सेवन गरिरहेका छन् भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालयका झिलझिलेबाट प्रहरी निरीक्षक कटुवालको कमान्डमा सादा पोशाकमा खटिएका थीए ।

प्रहरी टोलीले ३ जना सवार मे ४ प २७५१ नं। को मोटरसाइकल लापरबाही हिसाबले चलाएकोले रोकेर किन यसरी चलाएको भनी सोधपुछ गरेको थियो ।

सो क्रममा मोटरसाइकल पछाडि सवार सोही ठाउँ बस्ने बर्ष ३६ का अशोक पोखरेलले अचानक लुकाएर ल्याएको हाते बञ्चरोले कटुवालको टाउकोमा प्रहार गरेका थिए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन