झापाको उप प्रमुख तथा उपाध्यक्ष समन्वय समितिको संयोजकमा दमककी रेगिना भट्टराई चयन

दमक/
झापा जिल्लाका पालिका उपप्रमुख र उपाध्यक्षहरुको समन्वय समितिको बैठकले आगामी समयका लागि दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईंलाई संयोजकमा सर्वसम्मत चयन गरेको छ ।

निवर्तमान संयोजक नगेन्द्रप्रसाद संग्रौलाले नयाँ संयोजक भट्टराईलाई माइन्युटका साथ जिम्मेवारी हस्तान्तरण गरे ।

मेचीनगर नगरपालिका उपप्रमुख तथा समितिकी प्रथम संयोजक मीना पोखरेल उप्रेती, बिर्तामोड नगरपालिकाका उपप्रमुख तथा समितिका निवर्तमान संयोजक नगेन्द्रप्रसाद संग्रौला, उपप्रमुखहरु कनकाई नगरपालिकाकी आशा शर्मा शिवाकोटी, भद्रपुर नगरपालिकाकी राधा कार्की, गौरादह नगरपालिकाकी जलवर्षा राजवंशी, अर्जुनधारा नगरपालिकाकी खड्गमाया पराजुली र शिवसताक्षी नगरपालिकाकी नरमाया कार्की सञ्जालको सदस्य छन् ।

त्यस्तै सञ्जालको सदस्य रहेका गाउँपालिका उपाध्यक्षहरुमा बुद्धशान्ति गाउँपालिकाका भवानीप्रसाद खतिवडा, कचनकवल गाउँपालिकाका नवराज भट्टराई, झापा गाउँपालिकाकी अञ्जु थपलिया, कमल गाउँपालिकाकी प्रमिला न्यौपाने, बाह्रदशी गाउँपालिकाकी शान्तादेवी शिवाकोटी खरेल, गौरीगञ्ज गाउँपालिकाकी पुजन न्यौपाने कुँवर र हल्दिवारी गाउँपालिकाकी लक्ष्मी मैनाली रहेका छन् ।

समितिको आगामी वैठक आवासीय रुपमा धनुकटाको भेडेटारमा गर्ने समितिले निर्णय गरेको छ ।

शुक्रवार देखि शुरु भएको बैठकले पालिकाले बनाउनुपर्ने नीति–कानून, उपप्रमुख–उपाध्यक्षहरुको अधिकारमाथि भएको हस्तक्षेप, पालिकाबीचको समन्वय, साझेदारी, स्थानीय उत्पादनको प्रबद्र्धन लगायतका विषयमा निर्णय गरेको हो । ।

पछिल्लो समय शिवसताक्षी नगरपालिकाका प्रमुख र कमल गाउँपालिकाका अध्यक्षबाट कानूनी व्यवस्था लत्याउँदै उपप्रमुख–उपाध्यक्षले पाउनुपर्ने कार्यवाहकको जिम्मेवारी उहाँहरुलाई नदिई वडाध्यक्षलाई दिइएको घटनाप्रति समन्वय समितिले ध्यानाकर्षण भएको जनाएको छ ।

कानूनले प्रत्याभूत गरेका उपप्रमुख–उपाध्यक्षहरुको अधिकारमाथि हस्तक्षेप नगर्न, कुण्ठित नगर्न र विगतका कमजोरी नदोहो¥याउन सबै पालिका प्रमुख–अध्यक्षहरुलाई उक्त समन्वय समितिले अपिल गरेको छ ।

Share: