दमक/
पढ्न विद्यालय गएका बिद्यार्थीहरुले पुस्तकमा जे छ त्यहि मात्रै पढ्नु पर्छ भन्ने बुझाई पछिल्लो समय बिस्तारै हट्दै गएको छ ।
विद्यार्थीको अन्तरनिहित प्रतिभा र क्षमताको पहिचान गराउने काम पनि अचेल अलि बाक्लै हुने गरेको छ ।
यसले गर्दा विद्यार्थीहरु थप सिर्जनशिल बन्ने पक्का छ । विद्यालयमा पढिरहेका विद्यार्थीहरु आफ्नो रुचि र चाह अनुसारका खेल खेल्दा तथा प्रतिभा देखाउँन पाउँदा फुरुङ्ग हुन्छन् ।
एकोहोरो कितावी कुरा मात्रै सोचिरहने विद्यार्थी केहि बेर मात्रै भएपनि त्यस भन्दा बाहिर पुग्छन् । र नया सोच र खोजमा लाग्न सक्छन् ।
उनीहरुलाई आफ्नो अतिरिक्त कृयाकलापले पढाईमा थप तिखार्न मद्यत गरिरहेको प्रतिकृया दिएका छन् ।
हाम्रो शारिरीक, मानसिक तथा बौद्धिक विकासका लागि विभिन्न प्रकारका खेलकुद, चेतनामुलक तथा नैतिकता संबन्धिका विषयबस्तु नभई हुँदैन जसले विद्यार्थीलाई शारिरीक रुपमा स्फुर्त, बौद्धिक रुपमा चेतनशील भई आफ्नो नियमित अध्ययन अध्यापनलाई पुणर् बनाउन सक्छ । यो कुरा विद्यालयमा शिक्षण गरिरहनु भएका शिक्षक तथा प्राध्यापकहरुले बुझ्नु चाहि भएको छ ।
सानो कक्षामा सिर्जना अभिव्यक्ति र कलाको बारेमा पढाइ हुने विषय नै राखेर सरकारले यसको महत्वलाई स्वीकार गरेको देखिन्छ । तर त्यो मूलतः पढाइ भन्दा पनि क्रियाकलापको माध्यमबाट सिक्ने कुरा हो । विद्यालयमा हुनुपर्ने पनि बढीभन्दा बढी क्रियाकलाप नै हो । जति बढी क्रियाकलाप भयो, उति नै बढी सिकाइ हुन्छ । किनकि हरेक बालबालिकाले सबभन्दा प्रभावकारी तरीकाले सिक्ने त क्रियाकलापबाटै हो । तर सबैलाई अवसर दिने र सबैको आत्मविश्वास बढाउने अतिरिक्त क्रियाकलापमा समेत केही फुर्तिला र सिपालु विद्यार्थीले मात्र भाग लिने अवसर पाउने गरेको देखिन्छ । तर यो अतिरिक्त कृयाकलापलाई विद्यालयहरुले अतिरिक्त मात्रैमा बुझ्दा यसले उती प्राथमिकता पाउन नसकेको स्वयं यसमा संलगनहरुले स्विकार पनि गर्छन ।
शिक्षा नियमावली २०५९ मा पनि अतिरिक्त क्रियाकलाप को व्यवस्था गरेको छ । उक्त नियमावलीको परिच्छेद १४ को नियम ७६ मा अतिरिक्त क्रियाकलाप कार्यक्रम सन्चालन गर्नुपर्ने भन्ने कुरा उल्लेख गरेको छ । नियम ७३ को उपनियम १ मा यस्तो लेखिएको छ, विद्यालयले विद्यार्थीहरुको सिर्जनात्मक प्रतिभाको विकासका लागि विद्यालयमा अतिरिक्त क्रियाकपाल कार्यक्रमा सन्चालन गर्नुपर्ने ।
उपनियम-२, अतिरिक्त क्रियाकपाल कार्यक्रम शिक्षक तथा विद्यार्थी दुवैले भाग लिनुपर्ने छ । तर कतिपय विद्यालयहरुले शुक्रबार मात्रै यो काम गर्छन । केहिले विद्यालयको पढाई सकिएपछि अन्तिम घण्टिमा सिकाउने पनि गरेका छन् । हप्ताको एक दिन मात्रैको सिकाईले पूणर्ता हुन नसके पनि अन्य दिन सम्भव नहुने पनि कतिपय बताउँछन् ।
जन्मजात रूपमा बालबालिकाले लिएर आएको प्रतिभा, क्षमताको प्रस्फुटन गराउनका लागि सर्वप्रथम बालबालिकाको रुचि र प्रतिभा शिक्षकले चिन्न सक्नुपर्यो । त्यो चिन्ने एक मात्र तरीका भनेको विद्यार्थीको क्रियाकलाप र तिनको सूक्ष्म अध्ययन नै हो ।
विद्यालयले त्यस्ता क्रियाकलाप गराउनु पर्यो, जसले हरेक बालबालिकाको प्रतिभा, रुचि, क्षमतालाई मिहिन रूपमा प्रदर्शन गर्न सघाउँछ । बालबालिकाको क्रियाकलाप, सोच्ने तरीका, आदिबाट यो कुरा पत्ता लगाउन सकिन्छ । तर यसकालागि हाम्रो पाठ्पुस्कतले समेत कम निर्दिष्ट गरेको भएपनि शिक्षकहरुको बलबुताले नै के सिकाउने र कसरी सिकाउने भन्ने कुराको कोर्ष डिजाईन गरिन्छ ।
अतिरिक्त क्रियाकलापलाई कक्षाको त्रैमासिक/वार्षिक मूल्यांकनसित जोड्न अब ढिलाइ गरिनुहुँदैन । किनभने यसले परम्परागत मूल्यांकन पद्धतिले बालबालिकाको समग्र मूल्यांकन गर्न सकेन र घोकन्ते बनायो भन्ने गुनासोलाई सम्बोधन गर्दछ । त्यसैले पाठ्यक्रम विकास केन्द्रका पदाधिकारीदेखि विद्यालयका प्रअ/शिक्षकसम्मले आ-आफ्नो ठाउँबाट अतिरिक्त क्रियाकलापलाई मूल्यांकन पद्धतिको मूलप्रवाहमा ल्याउन आजैबाट सार्थक प्रयत्न थाल्नु जरूरी देखिन्छ । यसमा दमकका केहि शैक्षिक सस्थाहरुले यसलाई प्रयोगमा ल्याउने प्रतिवद्धता पनि जनाएका छन् ।
अतिरिक्त क्रियाकलापलाई सिकाइसँग आवद्ध गर्न विद्यालय, अभिभावक, व्यवस्थापन समिति कम्मर कसेर लाग्नुपर्दछ । सरकारी निकायहरूको पनि विद्यालयलाई झ्कझ्क्याउन र उनीहरूसित मिलेर काम गर्न महत्वपूणर् भूमिका रहन्छ । सबभन्दा पहिले यसको व्यावहारिक निर्देशिका बनाउनु जरूरी छ । यस विषयका लागि शिक्षकको व्यवस्था गरेर यसलाई वार्षिक र आवधिक मूल्याङ्कनको आधार बनाउन पनि आवश्यक छ ।
स्थानीय, जिल्ला र राष्ट्रियस्तरबाट हुने शैक्षिक अनुगमनमा पनि ठोस योजनाका साथ यसलाई समेट्नु आवश्यक छ र थानीय निकायको भूमिका बढाउन सकेमा पनि अतिरिक्त क्रियाकलापको विकास र विस्तारका लागि धेरै काम गर्न सकिन्छ ।
भिडियोमा हेरौ