सकडको किनारा फेरि फेरि गरिने पार्किङ कत्तिको व्यवहारीक ?(भिडियोमा हेरौ)

दमक/
दमकमा अहिले सडक व्यवस्थापन सम्बन्धीको नयाँ नियम लागु भएको छ । त्यो मध्येको एउटा हो सडकको एका पट्टि मात्रै पार्किङ गर्ने ।
भदौ १ गते देखी लागु भएको यो नियम अनुसार सडकको एका तर्फको किनारमा मात्रै सवारीका सबै खाले साधनहरु पर्किङ गर्नु पाइने छ ।

कुन तर्फको किनारमा कहिले कहिले पार्किङ गर्ने त भन्नेबारेमा पनि नियममा उल्लेख गरिएको छ । यसलाई दुई खण्डमा बिभाजन गर्दै नियमको कार्यान्वायन गराउने काम भइरहेको छ ।

जस अनुसार पहिलो खण्डको नियम अहिले लागु भइरहेको छ । त्यो हो १ गते देखी १५ गते सम्म सडकको पूर्व तर्फ मात्रै पार्किङ गर्न पाइने । दोस्रो खण्ड सुरु हुन केहि दिन मात्रै बाँकी छ । त्यो भनेको १६ गते देखी मसान्त सम्म सडकको पश्चिम तर्फको किनारमा मात्रै सवारी पार्किङ गर्ने ।

यदि यो नियम पालना नगरिएमा दमक नगरपालिका र ट्राफिक प्रहरीले जरिवाना पनि गर्ने छन् । नगर प्रहरीले नियम उल्लंघन गरेको भेटेमा एक सय रुपैँया जरिवाना तिराउने छन् भने ट्राफिक प्रहरीले भेटेमा ५ सय रुपैँया सम्म जरिवना तिराउने दमक नगरपाकिलाको यातायात व्यवस्थापन समिती अध्यक्ष प्रजापति सापकोटाले उज्यालो खवरलाई जानकारी दिनुभयो ।

तर १५/१५ दिनमा सडकको किनारा परिवर्तन भइरहदा नयाँ तथा आगन्तुक यात्रुमा दुविधका पो हुने हो कि भन्ने पनि संका छ । यसले गर्दा एक तर्फ मात्रै सँधै पार्किङ गराइ राख्दा अझ व्यवहारिक हुन्थ्यो कि भन्ने पनि सर्वसाधरणको प्रतिकृया रहेको छ ।

 

तर दमक नगरपालिका भने यो प्रतिकृयामा खास सहमत छैन । नगर प्रमुख राम कुमार थापाका अनुसार सर्वददिय छलफलबाट पारित भएको यो नियम भर्खरै कार्यान्वायनमा आएको छ । केहि प्रतिकृया आउनु सामान्य हो तर अहिलेनै बनाइएको नियमबाट पछि हाटीहाल्नु पर्ने अवस्था चाहि नरहेको उहाँले बताउनु भयो ।

 

‘हामी सडकका दुवै तर्फको किनारमा प्रष्टसँग देखिने गरि कहिले कता पार्किङ गर्ने भन्नेबारेमा सुचना लेख्ने छौ । व्यापाक प्रचार प्रसार गर्ने छौ । आम नागरिकसम्म यो नियमबारेमा जनचेतना फैलाउने छौ । यसरी पटक पटकको प्रचारबाट पनि पार लागेन भने नियम बदल्ने कुरामा पूःन छलफल गरौला ।’ नगर प्रमुख थापाको भनाई छ ।

 

नगरपालिकाले आज यो नियमको कार्यान्वायनको अवस्था कस्तो भइरहेको छ भनेर गरेको स्थलगत अनुगमनका साथै नगर प्रमुख थापा र समितीका अध्यक्ष सापकोटाको भनाई समेत समावेश गरिएको भिडियो यहाँ राखीएको छ ।

दमकमा एक तर्फि पार्किङको व्यवस्था :१५/१५ दिनमा किनारा परिवर्तन कति व्यवहारिक ? – YouTube

Share:

Facebook
Twitter
Email
WhatsApp