दमक/
दाँत उपचारमा पूर्वि नेपालमै चर्चा कमाएको ओम शान्त्ती डेण्टल हस्पिटलले निशुल्क स्वास्थ्य शिविरमा पनि चासो बढाइरहेको छ ।
पछिल्लो समय बालबालिमामा हुने दाँत सम्बन्धीका समस्या पहिचान गर्नुका साथै त्यसको निराकरणकालागि विद्यालय स्तरमै गएर निशुल्क दन्त शिविर गर्दै आएको ओम शान्ती डेण्टल हस्पिटल दमकका कमल गैरेले जानकारी दिनुभयो ।
यसै क्रममा बुधबार कमलमा रहेको स्मारिका सामुदायकी बोर्डिङ स्कुलमा निशुल्क दन्त शिविर सम्पन्न गरेको छ ।
विद्यार्थीहरुको स्वास्थ्यको अवस्था बारेमा थाह पाउन समय समयमा बिभिन्न प्रकारको शिविर गर्दै आएको विद्यालयले यो पटक भने विद्यालयभित्रै दन्त शिविर गरेको प्रिन्सिपल गुणराज गिरीले बताउनु भयो ।
यो शिविरमा यहाँ अध्ययन गर्ने ८ सय जना विद्यार्थीको दाँतको परिक्षण गरिएको छ भने ३० जना विद्यार्थीको दाँतमा समस्या देखिएकोले खोलीएको गैरेले बताउनु भयो ।
हस्पिटलले यस प्रकारको शिविर सामुदायीक तथा निजि विद्यालयहरुमा निरन्तर चलाइरहने र समुदाय स्तरमा पनि शिविरलाई लगिरहिएको अस्पतालका सञ्चालक समेत रहनु भएका दन्त रोग विषेशज्ञ डा. सिपी गैरेको भनाई छ ।