विद्यार्थीको निशुल्क दन्त परिक्षण (भिडियोमा हेरौ)

दमक/
झापाको दमकमा रहेको ग्लोबल एजुकेशन एकेडेमीले यहाँ अध्ययन गर्ने विद्यार्थीको निशुल्क दन्त परिक्षण गराएको छ ।
दन्त परिक्षणको शिविरनै गराएर एकेडेमीले सञ्चालन गरेको यो अभियानमा विद्यार्थीहरुले आ आफ्नो दाँतको अवस्थाका बारेमा जानकारी लिएका थीए ।

यही विद्यालयमा अध्ययन गरिरहनु भएकी अञ्जली राउत भन्नु हुन्छ ‘विद्यार्थीको व्यस्ततालाई मद्यनजर गरेर विद्यालयमै दन्त शिविर हुदा आफ्नो दाँतको अवस्थाबारेमा बुझ्न सहज भयो ।

विद्यार्थीको दाँतको अवस्थाको बारेमा विद्यार्थीलाई अवगत गराउन पनि यो शिविरले महत्वपूर्ण भूमिका निर्वाह गरेको विद्यालयका प्रधानाध्यापक गुणराज अधिकारीले बताउनु भयो । साथै यहाँ शिविरमा प्राविधिक सहयोग गरेको सस्था ओम शान्त्ती डेण्टल हस्पिटलमा गएर उपचार गराउँदा विद्यालयका परिवारलाई दिइने छुट पनि पाइने भएकोले यसको जानकारी समेत गराउन यो शिविर गरिएको उहाँले उल्लेख गर्नु भयो ।

ओम शान्त्ती डेण्टलले विभिन्न शैक्षिक सस्थाहरुमा गएर निरन्तर स्वास्थ्य परिक्षण गराउँदै आएको छ । निजी तथा सामुदायीक विद्यालयका साथै समुदाय स्तरमै गएर पनि अस्पतालले शिविर सञ्चाल गरिरहेको अस्पतालका व्यवस्थापक कमल गैरेले जानकारी दिनुभयो । यस विद्यालयमा गरिएको शिविरमा ८ सय बढी विद्यार्थीको दन्त परिक्षण गरिएको गैरेले जानकारी दिनुभयो ।

भिडियोमा हेरौ

(2) विद्यार्थीको निशुल्क दन्त परिक्षण – YouTube

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकका सडक सौन्दर्र्यीकरणले नगरको पहिचान फेरिदै, स्थानीय के भन्छन् ?

दमक, कार्तिक २८ । अहिलेको शहरीकरणको समयमा, धेरै स्थानमा हरियालीको अभाव देखिन्छ। तर, दमक नगरपालिकाले यसको विपरीत, सडक किनारमा हरियाली राख्ने पहल गरेको छ। यसले

मधेश प्रदेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो

काठमाण्डौं,२८ कार्तिक । कानुनी प्रतिबन्ध र निरन्तरका जनचेतनामूलक अभियानका बाबजुद मधेश प्रदेशमा बालविवाहको अवस्था अझै विकराल रहेको एक सरकारी तथ्याङ्कले देखाएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक

९८ किलो गाजासहित २ पक्राउ

सुनसरी, कार्तिक २८ । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले ९८ किलो गाँजा बरामद गरेको छ । सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा बरामद भएको

संसद पुनर्स्थापनाकाे विकल्प छैन : सभामुख देवराज घिमिरे

बिर्तामोड,२८ कार्तिक । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुर्नस्थापना हुनुपर्ने बताउनु भएको छ् । उहाँले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुर्नस्थापना हुनैपर्ने बताउनु भयो