पहिचान झल्कने प्रतीक चिन्ह बनाउनेको होडबाबाजी,बुढिगंगाको बन्यो यस्तो प्रतीक

मोरङ/
मोरङको बिराटनगर महानगरपालिकाले आफ्नो पहिचान झल्कने सहित चित्र राखेर प्रतीक चिन्ह बनाएको थियो ।
त्यसमा बिराटनगरको पहिचान पुर्णमात्रामा नझल्किएको भनेर आलोचना भईरहेकाबेला यता बिराटनगरकै छिमेकी पालिका बुढिगंगा गाउपालिकाले पनि आफ्नो प्रतीक चिन्ह सार्बजनिक गरेको छ ।

बुढीगंगा गाउँपालिले पालिकाको प्रतीक चिन्ह (लोगो) स्वीकृत गरेको हो।

बुढीगंगा गाउँपालिका, गाउँ कार्यपालिकाको बैठकबाट गाउँपालिकाको प्रतीक चिन्ह (लोगो) स्वीकृत गरी सार्वजनिक गरिएको हो ।

२०८० साउन २१ गते कार्यपालिकाको बैठकको निर्णयले सार्वजनिक सूचना अनुसार पालिकाको प्रतीक चिन्ह लोगोहरू मध्ये बुढीगंगा गाउँपालिका वडा १ का कपिल सुनुवारले डिजाइन गरेको लोगो स्वीकृत भएको प्रमुख प्रशासकीय अधिकृत गिरिराज भट्टराईले जानकारी दिए ।

स्वीकृत भएको लोगो भदौ १५ गतेको कार्यपालिकाको बैठकको निर्णय अनुसार राजपत्रमा समेत प्रकाशित गरिएको उनले बताए । राजपत्रमा प्रकाशित लोगोमा हाती, पानी ट्याङ्की, थारु समुदायको भेषभुषा, उद्योगधन्दा, मेडिकल कलेज, खोला किनारमा माछा मार्दै गरेको तथा गोरु जोतेको र बयल गाढामा जुट बोकेको प्रतीक उल्लेख गरिएको छ ।

Share:

Facebook
Twitter
Email
WhatsApp