केहि सय रुपैँयाबाट सुरु गरेको व्यापारले दिएको सफलता (भिडियोमा हेरौ)

दमक/
मिरा श्रेष्ठको दमकको नयाँ सब्जी बजारको पूर्व पट्टि उहाँको तरकारी बेच्ने पसल छ । उहाँले यो व्यवसाय सुरु गरेको दुई दशक भयो । सुरुमा मोरङको भाउन्नेमा गएर ५ सय रुपैँयामा साग किनेर ल्याएदेखी उहाँले यो क्षेत्रको व्यवसायीक यात्रा सुरु गर्नु भएको हो । घरको सासु आमाले थालेको यो व्यवसाय आफुले सहयोगी भएर काम गर्दा गर्दै आफै व्यवसायी भएको उहाँले सुनाउनु भयो । निकै संघर्षपूणर् तरिकाले यो व्यवसायमा लागेको उहाँको अनुभव छ ।

जानी नजानी उहाँ यो व्यवसाय लाग्नु भयो । पुरानो सब्जी बजारमा सासुको पसलको छेउमा एउटा कुनामा राखेर सुरु गरेको ब्यापारले अहिले उहाँलाई निकै लाभ दिएको छ । यो लाभ लिने तरिका पनि उहाँले गज्जव तरिकाले सिक्नु भयो । आफुले ल्याएको सामानको खरिद मुल्य एका तरि र नाफा मुल्य अर्को तिर राख्दै जादा उहाँलाई न साहुलाई दिन कहिलै टुट्यो । न आफ्नो मुनाफा कहि हरायो । उहाँले यसरी नै बचत गर्न सिक्नु भयो । बचत गरेको त्यहि मुनाफालाई पूःन लगानीमा लगाउँदै जानु भयो र पसल पनि बढ्दै गयो ।


ऋण नभएका ब्यापारी बिरलै भेटिन्छन् । चाहे त्यो व्यापार सानो होस वा ठुलो । व्यापारको प्रकृति अनुसार ऋणको मात्रा हुन्छ । मिराले पनि ऋण लिनु भएको छ । तर उहाँलाई ऋण तिर्न कुनै चिन्तै छैन । किनकी उहाँले लिएको ऋण आफुले गर्दै आएको व्यवसायमै लगाउनु भयो । त्यहि व्यवसायले कमायो । ऋण तिर्यो । लिइएको ऋण आफुले गरि आएको ब्यापार बाहेक अन्त लगाउनु हुँदैन भन्ने कुरा उहाँले बुझ्नु भएको छ र ऋणमा जोखिम मोल्न नहुने उहाँको भनाई छ ।

ऋण लिनु धेरैकालागि सामान्य हुन सक्ला । आफ्नो अचल सम्पती धितो राख्ने ऋण खाने । तर मिराकालागि यो मात्रै नभएर उहाँको लगनशिलता र मिहनतलेनै ठुलो धितो बन्यो । जसका कारण उहाँ लगानीकै अभावमा दोकान बढाउन नसकेर विदेश भासिन लाग्नु भएको थियो । तर उहाँ जतिबेला सुर्यदर्शन बचत तथा ऋण सहकारीमा जोडिनु भयो त्यसपछि उहाँ न बिदेश जानु पर्यो न आफ्नो व्यवसाय बन्द नै गर्नु पर्यो । पसल बढाउन र नयाँ खोल्न उहाँलाई सुर्य दर्शन सहकारीले साथ दिएको त्यो बेलाको त्यो पल सम्झनु हुन्छ ।

मिराले यो २० वर्षे तरकारी बेच्ने ब्यापारबाट धेरै पैसा कमाउन नसके पनि परिवारमा खुसी दिन सक्नु भएको छ । छोराछोरीले चाहेको विषय पढ्न पाएका छन् । दुख सुख गरेर ओत लाग्ने एउटा घर सम्म जोड्न सक्नु भएको । यो सबै उपलब्धी सहकारीमा असल कारोबार गरेर नै भएको हो भन्ने उहाँको बिस्वास छ ।

यता दमक ९ स्थित विद्युत प्राधिकरणको ठ्याक्कै अगाडी पट्टि किराना पसल तथा खाजा घर सञ्चालन गरिरहनु भएका भुपाल कार्कीको कथा पनि उस्तै चाखलाग्दो छ । दमक आउनु भन्दा अघी उहाँ भारतमा बस्नु हुन्थ्यो । त्यसपछि उहाँले आफन्तको सुझावमा यस क्षेत्रमा खाजा घर सञ्चालन गर्नु भयो । केहि वर्ष विद्युत प्राविधिकरण भित्रै चमेना गृह सञ्चालन गर्नु भएका भुपालले अहिले भने त्यहि कार्यालयको बाहिर पट्टि दुईवटा पसल खोल्नु भएको छ । सुरुमा आफुले १४ हजार बाट ब्यापार सुरु गरेको बताउनु हुने भुपाल दमकमा स्थापीत हुदाको संघर्षको कथा सुनाउनु हुन्छ ।

भुपालको भनाईलाई मान्ने हो भने संघर्ष भनेको लगनसिलता हो । मिहनत हो । आफुले थालेको कामलाई पूणर्ताको बिन्दु सम्म पुर्याउनुनै संघर्षको उपलब्धी हो । कतिपयले धेरै पैसा कमाउनुलाई सफलताको आधार माने पनि भुपाललाई त्यस्तो लाग्दैन । सबै भन्दा ठुलो कुरा अत्मसन्तुष्टि हो । जतिबेला आफुमा सन्तुष्ट मिल्छ त्यो नै सफलता हो । अहिले उहाँ आफ्नो व्यवसामा सन्तुष्ट हुनुहुन्छ । अर्थात उहाँका अनुसार सफल बन्नु भएको छ ।


उहाँले पनि व्यवसायको बिस्तार गर्न भएको मुनाफालाई लगानीमा रुपान्तरण गर्दै लैजानु भयो । फुटकर खर्च कटाउनु भयो । सामान्य घर व्यवहार गर्ने बाहेक मुनाफा भएको पैसालाई पसलमै लगाउनु भयो । र ब्यापार बढ्दै गयो ।

ब्यापार बढ्दै गएपछि प्रतिस्पर्धा पनि उत्तिकै बढ्न थाल्यो । प्रतिस्पर्धात्मक बजारमा आफुपनि निस्कनै पर्यो । त्यसबेला उहाँले आफ्नो ब्यापार बृद्धि गर्न ऋण लिने योजना बनाउनु भयो । उहाँलाई ऋण लिन कुनै अप्ठयारो थिएन । किनकी उहाँको ब्यापार गर्ने कला, बचत गर्ने तरिकाका बारेमा सुर्य दर्शन बचत तथा ऋण सहकारी सस्था जानकार थियो । असल कारोबार गर्नेलाई ऋण दिन कुनै आईतबार पर्खनै परेन । त्यो ऋणलाई कसरी उत्पादनमा जोड्ने र ब्यपार बढाउने भन्ने कुरा भुपालको भोगाईले सिकाई हालेको छ ।

 

ऋण धेरैकालागि गलपासो बन्छ । जसलाई गलपासो बन्छ उसले ऋणलाई निकै सामान्य रुपमा लिन्छन् । तर ऋणलाई सहि तरिकाले चलाउन जान्यो भने त्यो समृद्धि हुने एउटा माद्यम बन्न सक्छ भन्ने कुराको उदाहरण भुपाल बन्नु भएको छ । उहाँले ऋणलाई उत्पादनमा लगाउने र त्यहिबाट आएको मुनाफाबाट महिनै पिच्छे तिर्दै गएपछि पछि ब्यापार नी आफ्नै ऋण पनि चुक्ता । अनी सुरु हुने रहेछ समृद्धिको यात्रा ।

 

म आफ्नै ठाउँमा उद्यम गर्न चाहन्छु भन्नेहरुकालागि आर्थीक तथा अन्य कुरामा समेत साथ दिन सुर्य दर्शन बचत तथा ऋण सहकारी सस्थाले बिभिन्न कार्यक्रम बनाएको छ । यूवा उद्यमी देखी लिएर महिलालाई महिला उद्धमसिलता । यसरी आफ्ना सदस्यलाई बचत र ऋणको कारोबार सुरक्षित गर्न सिकाउने एउटा समृद्धिको यात्रामा सहकारी लम्की रहेको छ ।

भीडियोमा हेरौ

(2) नडगमगाउनुनै नै व्यवसायीक सफलताको आधार हो (भिडियोमा हेरौ) | – YouTube

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ