दमकमा ११ विद्यालय बिच सास्कृतिक नृत्य प्रतियोगिता, बिजेता बन्यो सर्वोदय(११वटै भिडियो सहित)

दमक/
झापाको दमक नगरपालिकाले आयोजना गरेको अन्तर विद्यालय नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
यहाँ रहेका निजी तथा सामुदायीक विद्यालायका विद्यार्थीलाइ एकै ठाउँमा यसरी सहभागी गराइ भएको प्रतियोगिता नगर स्तरबाट निकै समय पछि भएको हो । अझ लोक नृत्य प्रतियोगिता त पहिलो पटकनै भएको हो ।

कस्ता विद्यालयका विद्यार्थी अतिरिक्त कृयाकलापमा कस्तो क्षमता विकास गरिरहेका छन् भनेर यस प्रकारको कार्यक्रम आयोजना गरिएको नगरकी उप प्रमुख तथा कार्यक्रम संयोजक रेगिना भट्टराई प्रसाईले बताउनु भयो ।

भदौ १५ गते शुक्रबार सम्पन्न भएको प्रतियोगितामा सहभागी भएको मध्ये सर्वोदय अग्रेजी विद्यालय विजयी भएको थियो ।

विजयी भएको विद्यालयले नगद ५१ हजार रुपैँया प्राप्त गरेको छ । यस्तै प्रतियोगितामा इन्स्पायर बोर्डिङ स्कुल दोस्रो र सनराइज मोडल बोर्डिङ स्कुल तेस्रो भएका छन् । प्रतियोगितामा प्रजिता बोर्डिङ स्कुल र शिखर ज्योति स्कूलले सान्तवना पुरस्कार जितेका छ्न ।

प्रतियोगितामा दोस्रो हुनेले नगद ३० हजार, तेस्रो हुनेले नगद २० हजार तथा सान्तवना हुनेले १०,१० हजार रुपैया पुरस्कार हात पारे ।

 

प्रतियोगितामा सहभागिताका लागि यसअघि नगरपालिकाले गरेको पत्राचारका आधारमा ४८ बिद्यालयले आवेदन गरेकामा ११ बिद्यालय अन्तिम प्रतिस्पर्धामा रहेका नगरपालिकाका शिक्षा अधिकृत प्रबिण खडकाले जानकारी दिनुभयो ।

प्रतियोगिताका एघारै वटा विद्यालयको प्रस्तुतीको लाईभ भिडियो हेर्न तलको पेजमा क्कि गर्नुहोला

(1) Ujyaalo khabar उज्यालो खबर | Facebook

Share: