दमक/
मेचि महाकाली बुहारी संयूक्त आवाज । झट्ट सुन्दा यो कुनै नारा होला । त्यो पनि बुहारीको नाम आएपछि महिला अधिकारका बारेमा आवाज उठाउँने कुनै कार्यक्रम नै जस्तो ।
तर यो नाम न नारा हो न कार्यक्रम । यो त विवाह भएका महिलाहरु अर्थात बुहारीहरुको एउटा समुह हो । ।यो समुह फेसबुकको म्यासेन्जर ग्रुपबाट सुरु भएको थियो । जहाँ कुन ठाउँमा बुहारीहरु केके गर्दैछन् ?कहि कोहि बुहारीहरु शोषण वा पीडामा पो छन् कि भन्ने बारेमा म्यासेन्जर ग्रुप बनाइ अनलाईन मार्फतनै धेरैको संख्यामा सामुहिक गफ गाफ हुन्थ्यो ।
तर यहि फेसबुकको ग्रुप अहिले भने देशब्यापी रुपमा एउटा सामाजीक सस्थको रुपमा विकास भएको छ र यसले खासगरी महिला र बालबालिकाको हिंशा न्यूनिकरणको क्षेत्रमा अभियाननै चलाउने शशक्त सस्था बनेको दावि यसकी उपाध्यक्ष चन्द्रा काफ्लेको छ । यसलाई अव देशब्यापी रुपमा अभियान चलाउने सस्थाको रुपमा विकास गराउँदै अन्तराष्ट्रिय स्तर सम्म पनि फैलाउने योजना रहेको उपाध्यक्ष काफ्लेले सुनाउनु भयो ।
मेचि महाकाली बुहारी संयूक्त आवाजको झापा जिल्लाको अध्यक्ष बन्नु भएको छ जमुना अधिकारी निरौला । उहाँले यो सस्थालाई अव पालिका स्तरमा गठन गर्ने योजना बनाएको र जहाँको समस्या हो त्यहिको समितीले त्यसलाई समाधान गर्ने गरिको प्रशिक्षण दिएर क्षमतावान बुहारीहरुको सञ्जाल बनाउने लक्ष्य रहेको उहाँले बताउनु भयो ।
आफ्नो अभियानमा प्रहरी प्रशाषन , स्थानिय सरकार तथा अन्य निकायको पनि सकरात्मक साथ रहेकोले पीडितहरुले आफ्नो सस्था प्रति विस्वास गर्ने उहाँको तर्क छ ।
कतिपय ठाउँमा महिलाहरुलाई आफ्नो अधिकार पाउन निकै चुनौती हुन्छ । संविधानले सुनिश्चित गरेका अधिकार लिन कहिले कहि विभिन्न मुद्धा मामीला पनि गर्नुपर्ने हुन्छ । तर त्यस्तो बेलामा पनि महिलाहरु थप शशक्त बनेर आफ्नो हक र अधिकार लिनुपर्ने झापा कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला तिवारी न्यौपानेले बताउनुभयो ।
मेचि महाकाली बुहारी संयूक्त आवाज झापाले मंगलबार आफ्नो स्थापनाको चौथो वार्षिक साधरणसभा सम्पन्न गरेको थियो भने यही अवसरमा तीज मिलन कार्यक्रम पनि गरेको थियो ।
भिडियोमा हेरौ
mechi kali buhari aawaj कसरी बन्यो देश व्यापी अभियान चलाउने सस्था – YouTube