दमक अस्पतालमै ‘थाईराईड’को शल्यकृया सफल

दमक/
दमकमा रहेका निजी अस्पतालम हुन नसकेको थाईराईडको शल्यकृया सरकारी अस्पतालबाट सम्भव भएको छ ।
दमकमा रहेको दमक अस्पतालले आज यहाँ उपचार गराउन आउने बिरामीको थाईराईड शल्यकृया गरेको अस्पतालकी सुचना अधिकारी देवि दंगालले जानकारी दिनु भयो ।

इलामको चुलाचुली गाउँपालिका वडा नं १ की ५२ वर्षीया रनमती फागोको घाँटीमा नदुख्ने खालको मासु पलाएको र त्यो परिक्षण गर्दा थाईराईड देखिएपछि शल्यकृया गर्ने सल्लाह बमोजिम सेवा दिइएको दंगालले बताउनु भयो ।

फागो बिगत डेढ वर्ष अघीदेखी यो समस्याबाट पीडित हुनुहुन्थ्यो । समस्या समाधान गर्न उहाँ बिर्तामोड देखी धरान सम्म जानु भएको थियो । तर बिर्तामोडमा पनि यसको शल्यकृया सम्भव भएन । पछि उहाँ धरान जानु भयो । धरानमा निकै समयपछि मात्रै पालो आउने भने पछि उहाँ दमक अस्पतालमा आउनु भएको थियो ।

दमक अस्पतालमा आएपछि उहाँको अवस्था हेरि यहि शल्यकृया गर्न सम्भव हुने भन्दै अस्पतालमा बिगत ३ वर्षदेखी नाक कान घाँटी रोग विषेशज्ञ डा. अरुण सापकोटाले बताएपछि फागोको शल्यकृया सम्भव भएको अस्पतालले जनाएको छ । डा. सापकोटा यो अस्पतालमा आएदेखी यस प्रकारका हरेक समस्या तथा रोगहरुको सहज निदान गर्दै आइएको पनि उहाँले उल्लेख गर्नु भयो ।

सरकारी अस्पतालबाट यस प्रकारको शल्यकृया सफल बनाएर सेवा दिनु आफुहरुकालागि गौरवको कुरा रहेको बताउँदै सुचना अधिकारी दंगाल भन्नु हुन्छ ‘हामी अस्पतालको सेवालाई थप व्यवस्थि तगर्न नयाँ भवनमा मोडुलर अपरेशन कक्षको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । अस्पतालको हरेक सेवालाई व्यवस्थित र सहज बनाउने कुरामा हामी दिन रात लागि परिरहेका छौ ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको

मेची राजमार्गको इलाम खण्ड गम्भीर संकटमा

इलाम ,११ जेठ। पूर्वी पहाडको लाइफलाइन (जीवनरेखा) मानिने मेची राजमार्गको इलामस्थित माईखोला राजदुवाली – गोलाखर्क भञ्ज्याङ् खण्ड यतिबेला गम्भीर संकटमा परेको छ। करिब ३ किलोमिटर