दमक अस्पतालमै ‘थाईराईड’को शल्यकृया सफल

दमक/
दमकमा रहेका निजी अस्पतालम हुन नसकेको थाईराईडको शल्यकृया सरकारी अस्पतालबाट सम्भव भएको छ ।
दमकमा रहेको दमक अस्पतालले आज यहाँ उपचार गराउन आउने बिरामीको थाईराईड शल्यकृया गरेको अस्पतालकी सुचना अधिकारी देवि दंगालले जानकारी दिनु भयो ।

इलामको चुलाचुली गाउँपालिका वडा नं १ की ५२ वर्षीया रनमती फागोको घाँटीमा नदुख्ने खालको मासु पलाएको र त्यो परिक्षण गर्दा थाईराईड देखिएपछि शल्यकृया गर्ने सल्लाह बमोजिम सेवा दिइएको दंगालले बताउनु भयो ।

फागो बिगत डेढ वर्ष अघीदेखी यो समस्याबाट पीडित हुनुहुन्थ्यो । समस्या समाधान गर्न उहाँ बिर्तामोड देखी धरान सम्म जानु भएको थियो । तर बिर्तामोडमा पनि यसको शल्यकृया सम्भव भएन । पछि उहाँ धरान जानु भयो । धरानमा निकै समयपछि मात्रै पालो आउने भने पछि उहाँ दमक अस्पतालमा आउनु भएको थियो ।

दमक अस्पतालमा आएपछि उहाँको अवस्था हेरि यहि शल्यकृया गर्न सम्भव हुने भन्दै अस्पतालमा बिगत ३ वर्षदेखी नाक कान घाँटी रोग विषेशज्ञ डा. अरुण सापकोटाले बताएपछि फागोको शल्यकृया सम्भव भएको अस्पतालले जनाएको छ । डा. सापकोटा यो अस्पतालमा आएदेखी यस प्रकारका हरेक समस्या तथा रोगहरुको सहज निदान गर्दै आइएको पनि उहाँले उल्लेख गर्नु भयो ।

सरकारी अस्पतालबाट यस प्रकारको शल्यकृया सफल बनाएर सेवा दिनु आफुहरुकालागि गौरवको कुरा रहेको बताउँदै सुचना अधिकारी दंगाल भन्नु हुन्छ ‘हामी अस्पतालको सेवालाई थप व्यवस्थि तगर्न नयाँ भवनमा मोडुलर अपरेशन कक्षको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । अस्पतालको हरेक सेवालाई व्यवस्थित र सहज बनाउने कुरामा हामी दिन रात लागि परिरहेका छौ ।’

Share: