डेङ्गु न्यूनिकरणमा यूवासघं दमकको अभियानः विप्पन्नको घर- घरमा झुल वितरण

दमक/
झापाको दमक ४ स्थित जानकी टोलमा यूवा सघंका सदस्य तथा पदाधिकारी पुगे । नेकपा एमालेको जनवर्गीय संठठन भएकोले एमालेका केन्द्रिय देखी प्रदेश सचिवालय कमिटी दस्यहरु पनि त्यहाँ पुगे ।

 

यो टोलमा मुख्यगरी भूमिहिन सुकुम्बासीहरु बस्ने गर्छन । वडा नं ४ र ५ को सिमानामा पर्ने खरखरे खोलाको पश्चिम किनारामा बस्ने बस्तिका बासिन्दाहरुलाई झुल वितरण गर्न यो टोली यहाँ आइपुगेको हो ।

 

पछिल्लो समय डेङ्गुको जोखिम अत्याधिक बढेकोले यसको नियन्त्रण गर्न घर बसेका बेलामा झुलको प्रयोगनै उत्तम विकल्प रहेकोले झुल वितरण गरिएको यूवा सघं दमक नगर कमिटिका अध्यक्ष विवेक भट्टराईले जानकारी दिनुभयो ।

 

बस्तिमा रहेका ३० परिवारलाई झुल वितरण गरिएको थियो । यसको सहि सदुपयोग गर्न अनुरोध गर्दै दमक नगरपालिकाका पूर्व नगर प्रमुख तथा एमालेका केन्द्रिय सदस्य रोमनाथ ओलीले डेङ्गुबाट जोगिन खासगरी सफा ठाउँमा धेरै समय सम्म पानी जम्न नदिन अनुरोध गर्नु भयो । यूवा सघंलाई यस खाले सामाजीक काम अझै शशक्त रुपमा अघी बढाउन उहाँले निर्देशन पनि दिनु भएको थियो ।

यहाँ वितरित झुल यूवा सघं दमकका इन्चार्ज राम पौडेलले व्यवस्थापन गर्नु भएको थियो । कार्यक्रममा एमाले कोशी प्रदेश कमिटीको सचिवालय सदस्य तथा प्रदेश सांसद होम बहादुर थापा, यूवा सघं केन्द्रिय सदस्य निशा लिम्बु लगायतको उपस्थिती रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको

मेची राजमार्गको इलाम खण्ड गम्भीर संकटमा

इलाम ,११ जेठ। पूर्वी पहाडको लाइफलाइन (जीवनरेखा) मानिने मेची राजमार्गको इलामस्थित माईखोला राजदुवाली – गोलाखर्क भञ्ज्याङ् खण्ड यतिबेला गम्भीर संकटमा परेको छ। करिब ३ किलोमिटर