बाके दुर्घटना : सातजनाको ज्यान गयो ३१ जना घाइते

Untitled design_20230909_064120_0000

काठमाडौ /
बर्दियाबाट भ्रमणमा हिंडेको बस बाँकेको राप्तीसोनारी गाउँपालिका–९ शम्शरेगञ्जमा रोकेर राखिएको ट्रकमा यात्रुबाहक बस ठोक्किएर भएको दुर्घटनामा ७ जनाको ज्यान गएको छ ।

दुर्घटनामा परी चालक, सहचालकसहित ७ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएको प्रहरीले जनाएको छ । छ जनाको सनाखत भएपनि एकजनाको सनाखत नभएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताए ।

बर्दियाको ठाकुरबाबा नगरपालिका ९ बेतहनीको सामुदायिक वन समुहको टोली लिएर दाङ गएको बस फर्कने क्रममा ट्रकसँग ठोक्किएको हो । दाङबाट बर्दिया जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस सडक किनारमा रोकेर राखिएको ना ८ ख ६४०५ नम्बरको ट्रकमा ठोकिँदा दुर्घटना भएको राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलले जानकारी दिएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा कस्तुरी थापा, काँशीराम थारू, रूपा परियार, जयन्त थारू, चानुराम चौधरी, चालक गोविन्द ठकुरी र एक जनाको पहिचान नखुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरुको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दीपिनी मार्गमा प्राइमर हाल्न सुरु (फलोअप समाचार)

दमक, ३१ जेठ / दमक ५ स्थित दीपिनी मार्ग भत्काएर अस्तव्यस्त बनेको २ महिनापछि शनिबार दिउँसोबाट सडक कालोपत्रेको प्रक्रिया अघि बढाइएको छ ।   घर

रतुवा र मावाबाट नदीजन्य सामग्री उत्खनन रोकियो, अवज्ञा गरे कारबाहीको चेतावनी

दमक, जेठ ३१ — दमक नगरपालिकाले पूर्व र पश्चिम तर्फ बहने कमस खोला र मावा खोलाबाट नदीजन्य सामग्री (बालुवा, गिट्टी, ढुंगा आदि) को उत्खनन, संकलन