दमक/
मावा नदि झापा र मोरङको सिमानामा पर्ने नदि हो । यसले जिल्लासँगै तीन वटा पालिकाको सिमाना पनि कायम गरेको छ । पूर्व पश्चिम राजमार्ग तर्फ पश्चिममा मोरङको उर्लाबारी र पूर्व तर्फ झापाको दमक नगरपालिकाको सिमाना यसले छुट्र्याको छ । यस्तै उत्तर तर्फ पनि मोरङको मिक्लाजुङ गाउँपालिका र दमक नगरपालिकाको सिमानालाई छुट्याएको छ ।
यो नदिबाट नदिजन्य सामाग्री उत्खनन् गरेर निकालीन्छ । हरेक वर्ष यसलाई ठेक्का आह्वान गरेर राजस्व संकलन गर्न पालिका सरकारहरुको सकृयता देखिन्छ ।
अधिकांसक समय दमक नगरपालिकाले यो खेलाको ठेक्का लगाउँदै आएकोमा यो पटक भने दमकले नलगाउने भएको छ ।
केहि दिन अघी दमक नगरपालिका, उर्लाबारी नगरपालिका र मिक्लाजुङ गाउँपालिका बिच बसेको अन्तर पालिकाको बैठकमा मावा नदि दमकले ठेक्का आह्वान नगर्ने सहमती भएको दमक नगरपालिकाका प्रवक्ता धर्मराज दाहाल(दिपेश)ले जानकारी दिनुभयो । यो नदिको ठेक्का उर्लाबारी खण्डमा उर्लाबारी र मिक्लाजुङ खण्डमा मिक्लाजुङले लगाउने सहमती भएको छ । राजस्व भने नदि जन्य सामाग्रीको उत्खनन्गर्दा निस्कने परिणामका आधारमा तीन वटै पालिका बिच बाडफाँड हुने पनि सहमती भएको दाहालले उज्यालो खबरलाई जानकारी दिनु भयो ।
यता दमक देखी पूर्व तर्फ रहेको रतुवा नदिको भने दमक नगरपालिकाले ठेक्का लगाउने सहमती भएको छ । यो नदिको सिमानामा रहेका झापाकै कमल गाउँपालिका र इलामको चुलाचुली गाउँपालिका बिच शुक्रबार भएको छलफलमा दमक नगरपालिकाले रतुवा नदिको ठेक्का लगाउने सहमती भएको छ ।
‘चुलाचुली र कमल गाउँपालिकाले रतुवाको ठेक्का लगाउनेबारेमा आफुहरुको कुनै तयारी नरहेकोले दमकलेनै ठेक्का लगाउन भनेका छलफलमा भनेका थीए ।’ प्रवक्ता दाहालले भन्नु भयो रतुवाको ठेक्का चाहि दमक नगरपाकिलाले आह्वान गर्छ । राजस्व नदिजन्य सामाग्री क्षेत्रको आधारमा तीनवटै बिच बाडफाँड हुने छ।
रतुवा र मावा नदिबाट नदिजन्य सामाग्रीको ठेक्काबाट दमक नगरपालिकाले वर्षेनी करोडौको राजस्व संकलन गर्दै आएको छ ।