दमकमा आजदेखी सडकमै बसेर खाना खाँदै चक्काजाम गर्न जगतगरुको निर्देशन, निर्देशन मान्लान त?भिडियमा हेरौ

दमक/
पछिल्लो समय गौ संरक्षणको आन्दोलन देशका विभिन्न स्थानमा चलिरहेको छ । गौ हत्या गरि सामुहिक भोज गरेको र ‘हामीले गाइको काटेर खायौ , अव हामीलाई कसले के गर्छ ?’ भन्दै सामाजीक सञ्जालमा भिडियो हालेपछि गौ संरक्षण गर्नुपर्छ भनेर ओमकार परिवार आन्दोलनमा उत्रीएको छ ।

सबै भन्दा पहिला धरानबाट सुरु भएको यो कर्म अहिले झापाको भद्रपुरमा पनि गौ हत्यापछि सामुहिक भोज गरेको भिडियो सामाजीक सञ्जालमा भाइरल भइरहेको छ ।

नेपालको संविधानले गाईलाई राष्ट्रिय जनवार मानेको र यसको सार्वजनिक रुपमा हत्या गर्न नहुने संरक्षण गर्नुपर्ने भन्ने उल्लेख भएकोले सो को पालना गराउन सरकारलाई दवाद दिन यस प्रकारको आन्दोलन गर्नु परेको नगदगरु बालशन्त मोहनले बताउनु भयो ।

आईतबार झापाको दमकमा आयोजना गरिएको सद्धभाव र्यालीको कोणसभालाई सम्वोधन गर्दै जगदगुरुले भन्नु भयो ‘गौमाताको हत्या झन झन बढ्न थाल्यो, गौ माताको संरक्षण गर्न हामीले अझ शशक्त रुपमा आन्दोलन गर्नुर्छ । र अवको आन्दोलन शान्त्ती मात्रै नभएर क्रान्ती सहितको हुनुपर्छ ।’ उहाँले भन्नु भयो ‘दमकको बिच चोकमा बसेर घरबाट ग्यास ल्याएर यहि चुलो चौको बनाएर खाना खानु तर आन्दोलन गर्न नछोड्नु । ’ जगतगुरु ले सोमबार देखीनै यो आन्दोलन गर्न निर्देशन दिनु भएको थियो । त्यहाँ उपस्थिती भएकाहरुलाई आन्दोलन गर्ने कि नगर्ने भन्ने भन्दै गर्नकालागि प्रतिवद्धता समेत गराउनु भएको थियो ।

आईतबार दमकमा भएको सद्धभाव र्यालीमा निकै कम जनमानसको उपस्थिती भएकोमा आक्रोस पोख्दै दमकको व्यवस्थापन पक्षको कमजोरी भएको औलाउनु भएको थियो ।

उहाँले दिएको निर्देशन आज कतिबेला क–कसले मान्लान त्यो भने दमकको चोकमा निस्केर हेर्न बाँकी छ ।

जगदगुरुले बोल्नु भएको भिडियोलाई यहाँ राखीएको छ ।

अब शान्ती मात्र हैन क्रान्ति सहितको आन्दोलन हुन्छ, दमक आयोजक प्रती जगतगुरुको भने आक्रोस। – YouTube

Share: