दमक ६ :वडाको वार्षिक कार्यक्रम सार्वजनिक, कार्यान्वायनमा राजनैतिक सहकार्य खोजीयो

दमक/
दमक नगरपालिका वडा नं ६ ले आफ्नो वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । चालु आर्थीक वर्ष २०८०/८१ का लागि वडामा सञ्चालन हुने योजनालाई नगरको रातो कितावमा प्रकाशन भएपछि वडा सरकारले त्यसको सार्वजनिक गरेको हो ।

सोमबार वडा कार्यालयमा वडाका विभिन्न राजनैतिक दलका वडा स्तरका नेताहरुको उपस्थितीमा वडाध्यक्ष टेक बहादुर थापाले वडाका कार्यक्रमहरु सार्वजनिक गर्नु भएको हो ।

वडाध्यक्ष थापाले सार्वजनिक गर्नु भएको कार्यक्रम अनुसार यहाँ वडाको सौन्दर्यकरणमा मात्रै १० लाख बढि बजेट बिनियोजन भएको देखिन्छ ।

वडा नं ६ मा अव पूर्वाधार निर्माणको काम कमै मात्रै भएको र भएकाहरुलाई सौन्दर्यकरण गर्ने कामहरु आवश्यक रहेकोले सौन्दर्यकरणको कामलाई प्राथमिकता दिइएको वडाध्य थापाले उज्यालो खवरलाई जानकारी दिनु भयो ।

वडाको सौन्दर्यकरण गर्नकालागि भनेर वडाले उज्यालो वडा तथा व्यूटिफिकेसन शिर्षकमा मात्रै १० लाख रुपैँया बजेट बिनियोज गरेको छ । यस्तै पूर्वाधार तर्फ अधिकांस योजनामा फूटपाथ निर्माण तथा स्तरउन्नत्ती मात्रै रहेका छन ।

बजारलाई सुरक्षीत राख्नकालागि सिसि क्यामारा जडान सम्मका कार्यक्रम पनि वडाको वार्षिक कार्यक्रममा समावेश भएको छ ।

वार्षिक कार्यक्रम सार्वजनिक गरिसकेपछि उपस्थिती भएका विभिन्न दलका प्रतिनिधीहरुलाई यसको कार्यान्वायनमा सबैको चासो र सरोकार राखेर अघी बढ्नु पर्ने भन्दै वडाध्यक्ष थापाले सहयोग माग्नु भएको थियो ।

कार्यक्रममा नेकपा एमाले, नेपाली काग्रेस, माओवादी केन्द्र, राप्रपा, लगायत बिभिन्न दलका प्रतिनिधीहरु रहेका थीए ।

सो कार्यक्रमको भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नु होला ।

दमक ६ : वडाले वार्षिक कार्यक्रम सार्वजनिक , कार्यान्वयन कसरी हुने छ? – YouTube

 

Share: