चुलाचुली गापा अध्यक्ष केरुङ भन्छन् : ‘हामीले हाम्रो अभिभावकनै गुमायौ’

दमक/

इलाको चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङले इलामको दक्षिण क्षेत्रले एउटा असल अभिभावक गुमाएको प्रतिकृया दिनु भएको छ ।

 

‘राजनैतिक आस्थाको रुपमा उहाँ फरक दलको नेता हुनु भएपनि हामीले उहाँबाटै राजनिती गर्न सिकेका हौ । उहाँ हाम्रो असल अभिभावक हुनुहुन्थ्यो ।’

 

केरुङले उज्यालो खवरलाई प्रतिकृया दिदै भन्नु भयो ‘इलामको विकास र समृद्धिमा उहाँले खेलेको भूमिका हामी कहिलै भुल्ने छैनौ । ’

 

नेम्वाङले इलामको दक्षिण क्षेत्रमा गर्ने विकासका कामहरुमा देखेका सपनाहरुलाई अव आफुहरुले पुरा गर्ने जिम्मेवारी रहेकोले नेम्वाङको सपना पुरा गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp