दमक आएर काग्रेस महामन्त्री शर्माको उद्धघोष, ‘भ्रष्टारचारीलाई पार्टिले संरक्षण गर्दैन’

दमक/

भ्रष्टचार गर्नेहरु पार्टिका कार्यकर्ता वा अन्य जुनसुकै तहका नेतानै भएपनि पार्टिले संरक्षण गर्न नहुने नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले बताउनु भएको छ ।

 

उहाँले भ्रष्टाचारका काण्डमा जोडिएका कांग्रेसकै नेता भए पनि कारबाही हुनु पर्ने उल्लेख गर्दै भन्नु भयो ‘ भ्रष्टाचारमा संलग्न जो सुकै भए पनि उनिहरुको राजनैतिक पक्षधरता नहेरी कारबाही गर्नु पर्छ ।’

 

झापा क्षेत्र नम्बर पाँच क्षेत्रीय समितिले आज दमकमा आयोजना गरेको क्षेत्रीय सम्मेलनका प्रमुख अतिथि शर्माले यस अघि चर्चामा आएका सबै भ्रष्टाचार काण्डका घटनाहरु निश्पक्ष छानविन गरी दोषी देखिएका सबैलाई कारबाही हुनु पर्नेमा नेपाली कांग्रेस स्पष्ट रहेको भन्दै उहाँले भ्रष्टाचारमा संलग्नहरुलाई कारबाही हुनै पर्ने बताउनु भयो ।

 

अहिले नेपालमा केहि भएन भनेर नागरिकलाई निराशाको ब्यापार भैरहेको भन्दै उहाँले कांग्रेसले आशाको सन्चार गराउनु पर्ने बताउनु भयो । नेपालमा केहि भएको र धेरै हुनबाँकी रहेकोले हामिलेनै बनाउने हो भन्दै नागरिकमा आशाको सन्चार गराउनु पर्ने महामन्त्री शर्माले बताउनु भयो ।

 

कांग्रेस कार्यकर्ताले चुनावलाई प्राथमिकतामा राखेर भन्दा पनि समाजलाई सकारात्मक बनाउने दिशामा काम गर्नु पर्ने उहाँले बताउनु भयो । चुनाव हार जित सामान्य कुरा भएको भन्दै उहाँले हार्दिकता, प्रेम, सद््भावको समाज निर्माण गर्नु पर्नेमा जोड दिनुभयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रुखबाट लडेर झापामा एक जनाको मृत्यु

झापा, १० माघ । रुखबाट लडेर झापा गाउँपालिकामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । हिजो बिहान १०ः३० बजे झापा गाउँपालिका वडा न.६फुलगाछी बस्ने

फेरिएको दमक बजारको चमक

दमक ९ माघ । पाँच–छ वर्ष अगाडि दमकको अवस्था सम्झिँदा आज पनि धेरैको मन भारी हुन्छ। धुलाम्मे सडक, अव्यवस्थित बजार, जताततै भीड र दुर्घटनाको डर।

दमक क्याम्पसमोडबाट आम्दा जाने सडकले दिएको सहजता

दमक,९ माघ।घरबाट बाहिर निस्किएपछि हरेक व्यक्तिको गन्तव्य सडकसँग जोडिएको हुन्छ। विद्यालय जाने विद्यार्थीदेखि कार्यालय जाने कर्मचारीसम्म, सबैको दिनको सुरुवात सडकबाट नै हुन्छ। सडक व्यवस्थित भयो