दमक /
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले
अहिले देश उदोगतीमा गइरहेको बताउँदैं उनले अब जनता सचेत हुनुपर्ने समय आएको बताए ।
उहाले केही सिमित राजनीतिक पार्टीहरुहरुले देशलाई बन्धक बनाएकिले अब त्यसका विरुद्ध जनताले आवाज उठाउन आवश्यक रहेको औल्याएका छन ।
शुक्रबार गृह जिल्ला झापा पुगेका पूर्व उपप्रधानमन्त्री तथा संघीय सांसदसमेत रहेका अध्यक्ष लिङ्देनले मेचीनगरमा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन मेचीनगरद्वारा आयोजित तीज बिशेष कार्यक्रमलाई सम्बोधन गर्दै ठूला पार्टीहरुको बन्दक बनिरहेका जनतालाई अब राप्रपाले बन्धकमुक्त बनाउने बताए ।
देशलाई सम्मुन्नत बनाउने हो भने, त्यसलाई तोड्नुपर्ने उनको भनाइ थियो।
अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्र निर्माण महा अभियानमा जुटिरहेको बताउँदै त्यसलाई सबैले साथ दिनुपर्ने उनको भनाइ छ ।
पछिल्लो समय केहि अराजक तत्वहरुले मिलेर बसेको नेपालीलाई जाती, धर्म, संस्कृति र भाषाको आधारमा भड्काउने कार्य भइरहेको बताउँदै त्यसतर्फ कोहि पनि नलाग्न अध्यक्ष लिङ्गदेनले आग्रह गरे ।