दमकको स्वास्स्थ्य शिविरबाट कतीले र कस्ताले लिए सेवा ?

दमक/

दमक नगरपालिकाको नगरसभाले यो वर्ष देखी नयाँ कार्यक्रमको घोषणा गर्यो । हरेक महिना एउटा एउटा वडामा गएर बृहत विषेशज्ञ सहितको स्वास्थ्य शिविर गर्ने ।

 

यही घोषणा अनुसार पहिलो पटक दमक ९ मा शनिबार शिविर सम्पन्न गरियो । यो शिविरमा राष्ट्रिय स्तरका ख्याती प्राप्त विषेशज्ञहरु सहित शिविरमा आएर सेवा दिइरहेका थीए ।

 

बरिष्ठ मुटुरोग विषेशज्ञ डा. भगवान कोईराला सहित अन्य विभिन्न विषेशज्ञ चिकित्सकहरु दमकमा आएर सेवा दिनु भएको थियो ।

 

डा. कोईरालासँग मुटु सम्बन्धीका समस्या भएकाहरुले निशुल्क रुपमा परिक्षण गराउन पाए भने अन्य डाक्टरहरुसँग पनि बिरामीले पर्याप्त समय लिएर उपचारको सेवा लिएका थीए ।

 

रोग लागी हाल्यो भने र त्यो रोगले अली सारो पार्दा मात्रै अस्पताल जाँने प्रबृत्तिका कारण धेरै मानीसहरु समस्या परिरहेका छन् । रोगले अत्यायो भन्दै अस्पताल दौडीरहेका हुन्छन् ।

 

यदी आफुमा कुनै रोग लागेको आशंका छ र देखाउन जान समय मिलेको छैन वा अस्पताल टाढा भयो अथवा पैसाकै अभाव भयो भने पनि ती सबै कुरालाई सहज बनाउन हरेक महिना वडा वडामा गएर निशुल्क बृहत अनी विषेशज्ञ सहितको स्वास्थ्य शिविर गर्ने कार्यक्रम दमक नगरपालिकाले सुरुवात गरेको नगरकी उप प्रमुख रेगिना भट्टराई प्रसाई बताउनु हुन्छ ।

 

यो शिविरमा दमकबाट मात्रै नभएर दमक देखी बाहिरका बिरामीहरुले पनि आएर सेवा लिइरहेका छन् ।शिविरमा आउनेहरुलाई कुनै बाउन्ड्री लगाइएको छैन । उपलब्ध विषेशज्ञको सेवा जहाँका जो सुकै नागरिकले पनि लिन पाउने गरिको प्रबन्ध मिलाइएको छ ।

 

दमक नगरपालिकाले नागरिकको स्वास्थ्य सुरक्षा गर्न शिविर मात्रै नभएर घर दैलो कार्यक्रम पनि बनाएको छ । पहिलो चरणमा ९० वर्ष भन्दा माथी उमेरका जेष्ठ नागरिकलाई घर घरमै गएर एक जना फिजिसियन डाक्टर सहितको सेवा समेत दिइरहेको नगरका प्रमुख राम कुमार थापाको भनाई छ ।

 

यो खाले शिविरले कुन रोगका बिरामी कस्तो अवस्थामा छन् भन्ने कुराको त जानकारी गराउँछ नै नागरिक उपचारको कत्तिको सहज पहुँचमा रहेछन् भन्ने कुरा पनि देखाउन सक्छ ।

 

त्यसैले यस्ता खाले शिविरबाट नागरिकले अत्याधिक लाभ लिन सक्ने भएकोले थप बिस्तार गर्दै अझ प्रभावकारी बनाउन सुझाव दिनु हुन्छ काठमाडौ इन्स्टिच्यूट अफ हेल्थ साईन्सका सस्थापक फाण्उण्डर तथा बरिष्ठ मुटु रोग विषेशज्ञ डा. भगवान कोईराला ।

 

दमक ९ स्थित सरस्वती माविमामा सम्पन्न भएको शनिबारको शिविरमा ४ सय ८ जनाले सेवा लिएका थीए ।

 

दमक अस्पताल, दमक नगरपालिकार रेडक्रस सोसाईटि दमक उप शाखाको संयूक्त आयोजनामा गरिएको शिविरमा बिराटनगरमा रहेको न्यूरो कार्डियोलोजी हस्पिटलले प्राविधिक सहयोग गरेको थियो ।

भिडियोमा हेरौ: 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ