लैङ्गीक अल्पसंख्यकंको तीज ः ‘ब्रत बस्छौ असल पति पाउँ भन्ने कामना गर्छौ’

दमक :

नुमा लिम्बु(चञ्चला) हेर्दा महिलाको स्वरुपमा हुनुहुन्छ । तर जन्मदा चाहि उहाँ पूरुष लिङ्ग भएर जन्मनु भयो ।

 

अहिले उहाँ आफुलाई महिला भनेर पहिचान गराउन खोज्नु हुन्छ । नुमा लिम्बु, अझ धेरैले चञ्चला भनेर बोलाउने गर्नु हुन्छ ।

 

वर्षौ भयो उहाँले लैङ्गीक अल्प –संख्यकको क्षेत्रमा अधिकार स्थापीत गराउने काम गर्न थाल्नु भएको ।

 

जन्मदा एउटा लिङ्ग भएपनि पछि हाउबाहु र आचरणले विपरित लिङ्गको जस्तो बनाइदियो । अनी अहिले त उहाँ अव पूरुष नभएर महिलानै बनी सक्नु भएको छ । उहाँका हरेक अंगहरु पनि परिवर्तन गरिसक्नु भएको छ ।

 

त्यसैले उहाँ यो पटकको तीजमा ब्रत बस्दै हुनुहुन्छ । ब्रत बसेर अन्य महिलाले जस्तै असल पति पाउ भन्ने कामना गर्ने बताउनु भयो ।

 

उज्यालो खवरसँगको कुराकानीमा उहाँले भन्नु भयो ‘हामी पनि अन्य महिलाले जस्तै ब्रत बस्छौ, नाचगान गर्छौ, दर खाने दिन दर खान्छौ । तीजलाई एउटा उत्साहको पर्वको रुपमा मान्छौ ।’

 

लिड नेपाल नामक सस्थामा कार्यक्रम संयोजक भएर काम गरिरहनु भएकी लिम्बुलाई लाग्थ्यो ‘कुनै बेला तीजको समयमा महिला नाचेको ठाउँमा गएर आफुहरु गएर नाच्नलाई अप्ठ्यारो लाग्ने । ’

तर अहिले समय परिवर्तन भएको छ । त्यस्ता सार्वजनिक ठाउँमा आयोजना हुने कार्यक्रममा आफुहरु सहभागी हुने उहाँले बताउनु भयो । अन्य महिलाले जस्तै कम्मर भाँची भाँची रमाईले गर्ने गरेको उहाँले सुनाउनु भयो ।

उहासँग गरिएको संवाद हेर्न तलको लिकंमा क्लिक गर्नु होला ।

भिडियोमा हेरौ: https://youtu.be/vcJSUp53Ebk?si=PLPQYOIwLUGCR3vQ

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको

मेची राजमार्गको इलाम खण्ड गम्भीर संकटमा

इलाम ,११ जेठ। पूर्वी पहाडको लाइफलाइन (जीवनरेखा) मानिने मेची राजमार्गको इलामस्थित माईखोला राजदुवाली – गोलाखर्क भञ्ज्याङ् खण्ड यतिबेला गम्भीर संकटमा परेको छ। करिब ३ किलोमिटर