दमक :
नुमा लिम्बु(चञ्चला) हेर्दा महिलाको स्वरुपमा हुनुहुन्छ । तर जन्मदा चाहि उहाँ पूरुष लिङ्ग भएर जन्मनु भयो ।
अहिले उहाँ आफुलाई महिला भनेर पहिचान गराउन खोज्नु हुन्छ । नुमा लिम्बु, अझ धेरैले चञ्चला भनेर बोलाउने गर्नु हुन्छ ।
वर्षौ भयो उहाँले लैङ्गीक अल्प –संख्यकको क्षेत्रमा अधिकार स्थापीत गराउने काम गर्न थाल्नु भएको ।
जन्मदा एउटा लिङ्ग भएपनि पछि हाउबाहु र आचरणले विपरित लिङ्गको जस्तो बनाइदियो । अनी अहिले त उहाँ अव पूरुष नभएर महिलानै बनी सक्नु भएको छ । उहाँका हरेक अंगहरु पनि परिवर्तन गरिसक्नु भएको छ ।
त्यसैले उहाँ यो पटकको तीजमा ब्रत बस्दै हुनुहुन्छ । ब्रत बसेर अन्य महिलाले जस्तै असल पति पाउ भन्ने कामना गर्ने बताउनु भयो ।
उज्यालो खवरसँगको कुराकानीमा उहाँले भन्नु भयो ‘हामी पनि अन्य महिलाले जस्तै ब्रत बस्छौ, नाचगान गर्छौ, दर खाने दिन दर खान्छौ । तीजलाई एउटा उत्साहको पर्वको रुपमा मान्छौ ।’
लिड नेपाल नामक सस्थामा कार्यक्रम संयोजक भएर काम गरिरहनु भएकी लिम्बुलाई लाग्थ्यो ‘कुनै बेला तीजको समयमा महिला नाचेको ठाउँमा गएर आफुहरु गएर नाच्नलाई अप्ठ्यारो लाग्ने । ’
तर अहिले समय परिवर्तन भएको छ । त्यस्ता सार्वजनिक ठाउँमा आयोजना हुने कार्यक्रममा आफुहरु सहभागी हुने उहाँले बताउनु भयो । अन्य महिलाले जस्तै कम्मर भाँची भाँची रमाईले गर्ने गरेको उहाँले सुनाउनु भयो ।
उहासँग गरिएको संवाद हेर्न तलको लिकंमा क्लिक गर्नु होला ।
भिडियोमा हेरौ: https://youtu.be/vcJSUp53Ebk?si=PLPQYOIwLUGCR3vQ