स्वास्थ्य सेवामा काम गर्ने महिलाहरु कसरी तीज मनाउँदै छन् ? (भिडियो सहित)

दमक/

‘‘आफ्नो ‘ड्यूटि’ सकियो म घरमा आनन्दले बस्छु, परिवारसँग रमाईलो गरेर समय बिताउछु । ’’ ‘आज त यो चार्ड हो । सरकारले पनि सार्वजनिक बिदा दिएको छ । यो बिदामा म रमाईलो गर्न चाहन्छु । साथी सङ्गीसँग घुम्न जान्छु , रमाईलो गर्छु ।’

 

स्वास्थ्य उपचारको क्षेत्रमा काम गर्ने सायदै निकै कम मात्रै स्वास्थ्यकर्मीहरुले उल्लेखीत सुविधा पाउनु भएको हुनुपर्छ ।

 

अन्यथा यो क्षेत्रमा कामगर्नेहरु जुनसुकै समयमा पनि ‘अलर्ट’ भएर बस्न पर्छ । कहाँ कतिबेला के आइलाग्छ त्यसको सामना गर्न तयारी अवस्थामा बस्नु पर्छ ।

दमक स्थित आम्दा अस्पतालमा स्टाफ नर्सको रुपमा काम गरिरहनु भएकी कमला घिमिरेको अनुभव पनि यस्तै छ । उहाँ भन्नु हुन्छ ‘अहिले तीज लागेको छ । सबैजना परिवारमा बसेर हाँसिखुसी रमाईरहनु भएको छ । तर म लगायत अन्य साथीहरु काममै छौ । अहिले पनि म ‘अपरेशन थिएटर’बाट निस्केको । ’

 

उज्यालो खवरसँग सक्षीप्त कुराकानी गर्दै घिमिरेले भन्नु भयो ‘यद्यपी अचेल यस्तैमा रमाउने बानी पर्यो । यही ठिक लाग्छ । ’

 

‘यसले आफुहरुलाई समयको महत्व चिन्न सिकाएको छ । समयको व्यवस्थापन गर्न जान्ने बनाएको छ ।कर्तव्य निष्ठा हुन अनुशाषित बनाएको छ । समाज प्रतिको उत्तरदायीत्व बहन गर्न सक्ने क्षमतावान बनाउन मद्यत पुर्याएको छ । ’ घिमिरेले बताउनु भयो ।

 

घिमिरेसँगको संवाद हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।

भिडियोमा हेरौ: 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको

मेची राजमार्गको इलाम खण्ड गम्भीर संकटमा

इलाम ,११ जेठ। पूर्वी पहाडको लाइफलाइन (जीवनरेखा) मानिने मेची राजमार्गको इलामस्थित माईखोला राजदुवाली – गोलाखर्क भञ्ज्याङ् खण्ड यतिबेला गम्भीर संकटमा परेको छ। करिब ३ किलोमिटर