दमक/
‘‘आफ्नो ‘ड्यूटि’ सकियो म घरमा आनन्दले बस्छु, परिवारसँग रमाईलो गरेर समय बिताउछु । ’’ ‘आज त यो चार्ड हो । सरकारले पनि सार्वजनिक बिदा दिएको छ । यो बिदामा म रमाईलो गर्न चाहन्छु । साथी सङ्गीसँग घुम्न जान्छु , रमाईलो गर्छु ।’
स्वास्थ्य उपचारको क्षेत्रमा काम गर्ने सायदै निकै कम मात्रै स्वास्थ्यकर्मीहरुले उल्लेखीत सुविधा पाउनु भएको हुनुपर्छ ।
अन्यथा यो क्षेत्रमा कामगर्नेहरु जुनसुकै समयमा पनि ‘अलर्ट’ भएर बस्न पर्छ । कहाँ कतिबेला के आइलाग्छ त्यसको सामना गर्न तयारी अवस्थामा बस्नु पर्छ ।
दमक स्थित आम्दा अस्पतालमा स्टाफ नर्सको रुपमा काम गरिरहनु भएकी कमला घिमिरेको अनुभव पनि यस्तै छ । उहाँ भन्नु हुन्छ ‘अहिले तीज लागेको छ । सबैजना परिवारमा बसेर हाँसिखुसी रमाईरहनु भएको छ । तर म लगायत अन्य साथीहरु काममै छौ । अहिले पनि म ‘अपरेशन थिएटर’बाट निस्केको । ’
उज्यालो खवरसँग सक्षीप्त कुराकानी गर्दै घिमिरेले भन्नु भयो ‘यद्यपी अचेल यस्तैमा रमाउने बानी पर्यो । यही ठिक लाग्छ । ’
‘यसले आफुहरुलाई समयको महत्व चिन्न सिकाएको छ । समयको व्यवस्थापन गर्न जान्ने बनाएको छ ।कर्तव्य निष्ठा हुन अनुशाषित बनाएको छ । समाज प्रतिको उत्तरदायीत्व बहन गर्न सक्ने क्षमतावान बनाउन मद्यत पुर्याएको छ । ’ घिमिरेले बताउनु भयो ।
घिमिरेसँगको संवाद हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।
भिडियोमा हेरौ: