बिराटनगर/
यो पटक विरबटनगरबासीले निशेधाज्ञाको घेरमा रहेर पर्वहरु मनाउनु पर्ने भएको छ । खासगरी आउन लागेका मुख्य पर्वहरु दशै, तिहार तथा छैट चार्ड सम्मनै बिराटनगरमा निशेधाज्ञा घोषणा गरिएको छ ।
बिराटनगर महानगरलाई केन्द्र बनाएर विभिन्न समूहले गर्ने धर्ना र जुलुस‚ प्रदर्शनलाई निस्तेज पार्न जिल्ला प्रशासन कार्यालय मोरङले आजदेखी लागू हुनेगरी दुई महिना निषेधज्ञाको आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले यस्तो सुचना जरि गरेपछि आजदेखी निशेधाज्ञा लागु भएको हो ।
महानगरलाई केन्द्र बनाएर विभिन्न समूहले गर्ने धर्ना र जुलुस‚ प्रदर्शनलाई निस्तेज गर्न आज देखी मंसिर २ गते सम्म बिहान ६ बजेदेखि निश्चित स्थानमा निषेधाज्ञा जारी गरिएको हो ।
स्थानीय प्रशासनको निषेधाज्ञाका कारण यो अवधिमा पर्ने कुनै पनि चाडपर्व महानगरवासीले निषेधाज्ञाको घेरामा रहेर मनाउनु पर्ने भएको छ ।
पहिचानवादी र जनता समाजवादी पार्टीको सम्भावित आन्दोलन, धर्ना र जुलुसलाई मध्यनजर गर्दै महानगरका निश्चित स्थानमा निषेधाज्ञा जारी गरिएको प्रजिअ यादवको प्रस्टीकरण छ । विगतमा पनि महानगरका निश्चित स्थानमा अघोषितरुपमा निषेधाज्ञा थियो । यसपालि ती स्थानमा समयावधि घोषणा गरेर निषेधाज्ञा जारी गरिएको हो ।
प्रशासनले महानगरको देवकोटा चोकदेखि पश्चिमको अस्पताल चोक, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रोडशेष चोकदेखि दक्षिण जतुवा चोक, मुख्यमन्त्री निवासको तीन सय मिटर वरपरको क्षेत्र, प्रदेश प्रमुखको कार्यालयदेखि तीन सय मिटर वरपर र जिल्ला प्रशासन कार्यालय आसपासका क्षेत्रमा निषेधज्ञा आदेश जारी गरेको छ ।
उक्त स्थानमा सर्वसाधारण र सवारी साधन आवतजावतबाहेक कुनै पनि किसिमका सभा, जुलुस, भेला र र्याली निकाल्न निषेध गरिएको सूचनामा छ ।