प्रश्न : दमकमा ‘समावेशी शिक्षा’ नारामै मात्र किन सिमित ? (भिडियोमा हेरौ)

दमक/
समावेशी भन्ने बित्तिकै कतिपयले जात र धर्मलाई मात्रै बुझ्ने गरेका छन् । अनी लिङ्गलाई पनि कतिपयले बुझ्ने गरेका छन् । तर वर्गका आधारमा भएको विभेदका बारेमा कमै मात्रै आवाज उठ्ने गर्छ ।
समाजमा धनि र गरिवले पढ्ने शिक्षा भनेर अघोषित वर्गीकरण भएको छ । यसले समावेशी शिक्षालाईनै चुनौती दिइरहेको छ ।

खास गरि ग्रामिण भेगका विप्पन्न वर्ग परिवारका छोराछोरी खाना खानैकालागि मात्रै विद्यालय जान्छन् भन्दा धेरैलाई यो नौलो कुरा जस्तो लाग्न सक्छ । तर यस्तो अवस्था झापाको सुगम शहर दमकमै छ ।

नगरको उत्तरी क्षेत्रका विपन्न परिवार जो मावा खोलामा आफ्नो दैनिक गुजारा चलाउन मजदुरी गर्न जान्छन् त्यस परिवारका छोराछोरीलाई समावेशी शिक्षाले छोएकै छैन ।

परिवारका मुख्य सदस्य काम गर्न बगरमा गएपछि घरमा हुनेहरुले खाना पकाउने, स-साना भाई बहिनी हेर्ने घरै बस्नुपर्ने अवस्था छ । खाना पकाउने सामान नभएकाहरु एक छाक मात्रै खान पाइने आशाले कतिपय बालबालिकाहरु विद्यालय जाने गरेका छन् ।

यस्तो अवस्थामा सरकारले तय गरेको समावेशी शिक्षाको कार्यान्वायन कसरी भइरहेको छ भनेर दमक नगरपालिकाको शिक्षा समिती अध्यक्ष कुवेर भट्टराईलाई उज्यालो खवरले प्रश्न गर्यो ।

‘हामी ती वर्गको पहिचान गरि तथ्याकंक संकलन गरेर परिवारलाईनै स्थाई आय आर्जनमा लाग्ने वातावरण मिलाएर बालबालिकालाई पढ्ने अवसरबाट वञ्चित नगर्ने गरिको काम गरिरहेका छौ ’ भट्टराईले जवाफ दिनु भयो ।

भट्टराईसँगको संवादलाई यहाँ हेर्न सकिने छ ।

जो मावा खोलामा गुजारा चलाउन जान्छन् त्यो परिवारका छोराछोरीलाई समावेशी शिक्षाले छोएकै छैन । – YouTube

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ