प्रश्न : दमकमा ‘समावेशी शिक्षा’ नारामै मात्र किन सिमित ? (भिडियोमा हेरौ)

kuber bhattarai

दमक/
समावेशी भन्ने बित्तिकै कतिपयले जात र धर्मलाई मात्रै बुझ्ने गरेका छन् । अनी लिङ्गलाई पनि कतिपयले बुझ्ने गरेका छन् । तर वर्गका आधारमा भएको विभेदका बारेमा कमै मात्रै आवाज उठ्ने गर्छ ।
समाजमा धनि र गरिवले पढ्ने शिक्षा भनेर अघोषित वर्गीकरण भएको छ । यसले समावेशी शिक्षालाईनै चुनौती दिइरहेको छ ।

खास गरि ग्रामिण भेगका विप्पन्न वर्ग परिवारका छोराछोरी खाना खानैकालागि मात्रै विद्यालय जान्छन् भन्दा धेरैलाई यो नौलो कुरा जस्तो लाग्न सक्छ । तर यस्तो अवस्था झापाको सुगम शहर दमकमै छ ।

नगरको उत्तरी क्षेत्रका विपन्न परिवार जो मावा खोलामा आफ्नो दैनिक गुजारा चलाउन मजदुरी गर्न जान्छन् त्यस परिवारका छोराछोरीलाई समावेशी शिक्षाले छोएकै छैन ।

परिवारका मुख्य सदस्य काम गर्न बगरमा गएपछि घरमा हुनेहरुले खाना पकाउने, स-साना भाई बहिनी हेर्ने घरै बस्नुपर्ने अवस्था छ । खाना पकाउने सामान नभएकाहरु एक छाक मात्रै खान पाइने आशाले कतिपय बालबालिकाहरु विद्यालय जाने गरेका छन् ।

यस्तो अवस्थामा सरकारले तय गरेको समावेशी शिक्षाको कार्यान्वायन कसरी भइरहेको छ भनेर दमक नगरपालिकाको शिक्षा समिती अध्यक्ष कुवेर भट्टराईलाई उज्यालो खवरले प्रश्न गर्यो ।

‘हामी ती वर्गको पहिचान गरि तथ्याकंक संकलन गरेर परिवारलाईनै स्थाई आय आर्जनमा लाग्ने वातावरण मिलाएर बालबालिकालाई पढ्ने अवसरबाट वञ्चित नगर्ने गरिको काम गरिरहेका छौ ’ भट्टराईले जवाफ दिनु भयो ।

भट्टराईसँगको संवादलाई यहाँ हेर्न सकिने छ ।

जो मावा खोलामा गुजारा चलाउन जान्छन् त्यो परिवारका छोराछोरीलाई समावेशी शिक्षाले छोएकै छैन । – YouTube

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाँचथरमा निर्माणाधिन बेलिब्रिज भाँचियाे, एकजनाकाे मृत्यु, तीन जना गम्भीर घाईते

पाँचथर, ३१ जेठ | पाँचथरको हेवाँ खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिँदा एक जनाको मृत्यु भएको छ । घटनामा परि अन्य तीन जना गम्भीर घाइते भएका छन्।

दीपिनी मार्गमा प्राइमर हाल्न सुरु (फलोअप समाचार)

दमक, ३१ जेठ / दमक ५ स्थित दीपिनी मार्ग भत्काएर अस्तव्यस्त बनेको २ महिनापछि शनिबार दिउँसोबाट सडक कालोपत्रेको प्रक्रिया अघि बढाइएको छ ।   घर

रतुवा र मावाबाट नदीजन्य सामग्री उत्खनन रोकियो, अवज्ञा गरे कारबाहीको चेतावनी

दमक, जेठ ३१ — दमक नगरपालिकाले पूर्व र पश्चिम तर्फ बहने कमस खोला र मावा खोलाबाट नदीजन्य सामग्री (बालुवा, गिट्टी, ढुंगा आदि) को उत्खनन, संकलन