दमक/
दमक ९ स्थित पाणिनी माद्यमिक विद्यालयबाट केहि वर्ष अघी अवकास हुनु भएकी दुर्गा काफ्ले अहिले सामाजीक र राजनितीक क्षेत्रमा सकृय भएर लाग्नु भएको छ ।
साहित्य क्षेत्रमा पनि विभिन्न कृति प्रकाशन गरिरहनु भएकी काफ्ले आफु यो अवस्थामा आइपुग्नु शिक्षण पेषामा भएकै कारण सम्भव भएको बताउनु हुन्छ ।
तेह्रथुमको एउटा आधारभूत विद्यालयबाट शिक्षण पेषा सुरु गर्नु भएकी काफ्ले जव गाउँमा पढाउने काम गर्न थाल्नु भयो तव समाजमा पनि छोरीलाई पढाएर सक्षम बनाउनु पर्छ भन्ने भावनाको विकास भएको स्मरण गर्नु हुन्छ ।
तेह्रथुममा पढाउँने काम र काम सकिएपछि भूमिगत भएर कम्यूनिष्ट पार्टिको संगठन निर्माण र शशक्तिकरण कार्यक्रममा पनि सकृय भएर लाग्नु भएको थियो ।
सफा मन, सहयोगी भावना हुनु भएकी काफ्लेले निस्वार्थ विभिन्न सहयोग पनि गर्नु भएको छ ।
आफु पहिलो पटक दमकको पाणेनी माविमा पढाउन आउँदा केहि विद्यार्थीहरुले पेन्सिल र कपी नभएका कारणनै गृहकार्य नगरेको देखेर त्यहि भोलीपल्टै ती विद्यार्थीहरुलाई आवश्यक सामाग्री दिन थालेर सहयोग सुरु गर्नु भयो ।
अझ जाडोको समयमा न्यानो कपडाको अभाव झेलेका बालबालिका तथा विद्यार्थीहरुलाई सयौ जोर न्यानो कपडा आफ्नै खर्चमा वितरण गर्नु हुन्थ्यो ।
म मेरो श्रीमान रहुञ्जेल सम्म मेरो तलव घरमा ल्याउदिन थिए । आवश्यक परेकाहरुलाई सहयोग गरेरै सक्ने गर्थे ।’ काफ्लेले उज्यालो खवरसँगको कुराकानीका क्रममा बताउनु भयो ।
काफ्लेसँगको संवाद हेर्न तलको लिंकमा क्लिक गर्नु होला ।