तीन दिन देखी नउठेको दमकको फोहोर कहिले देखी उठ्ला ? सम्झौता अध्ययन गर्न नगरपालिकाले बनायो समिती

 

दमक/
दमक बजार क्षेत्रमा उत्पादन हुने फोहोर उठाउने जिम्मा नेक्स्ट इरा इनर्जी प्रालिलाई छ । तर यो सस्थाले असोज १ गते बिहानी पख फोहोर उठायो । अनी त्यस यता उठाउन छोडेको छ । जसले गर्दा बजार क्षेत्रमा फोहोरका डंगुरहरु थुप्रन थालेका छन् ।

तीन दिन सम्म फोहोर नउठेपछि सडकमा दुर्घन्ध फैलीन थाल्यो । सुन्दर र सफा नगरको उपमा पाएको दमकले फोहोरी नगर बन्न सक्ने दिशा तर्फ लम्कन खोजेको देखियो ।

खासमा सेवा प्रदायक सस्थाले नगरपालिकाले सम्झौता बमोजिमको रकम नदिएको र बजारबाट पैसा संकलन गर्न समेत स्किृत नदिइसकेकोले फोहोर उठाउँन बन्द गरेको जनाएको छ ।

सस्थाको प्रबन्ध निर्देशक बिमल खतिवडाले उज्यालो खवरसँग कुराकानी गर्दै भन्नु भयो ‘हाम्रो मासिक खर्च १७ देखी १८ लाख छ । खर्च व्यवस्थापन गर्न बाजारबाट पैसा पनि संकलन गर्न स्किृत नदिने अनी मासिक रुपमा दिइने सम्झौता बराबरको रकम पनि नगरपालिकाले नदिएपछि कसरी फोहोर उठ्छ ? खतिवडाले उज्यालोसँगको संवादका क्रममा प्रतिप्रश्न गर्नु भयो ।

सम्झौतामा नगरपालिकाले मासिक ८ लाख रुपैँया रकम दिने भन्ने उल्लेख भए पनि नियमीत र समयमा नआउँदा समस्या भएको जनाइएको छ । मासिक बजारबाट ५ देखी ६ लाख रुपैँया उठ्दै आएकोमा त्यो पनि नयाँ आर्थिक वर्ष लागेदेखी संकलन गर्न नपाएको खतिवडाले बताउनु भयो ।

नगरपालिकाले सम्झौता अध्ययन गर्न समिति बनायो

यसै सन्दर्भमा आज दिउँसो दमक नगरपालिकाले सम्झौता अध्ययन गर्न समिती बनाइएको छ । नगरकी उप प्रमुख रेगिना भट्टराई प्रसाईको संयोजकत्वमा ७ सदस्य समिती बनेको र समस्या तथा सम्झौताको बारेमा अध्ययन गर्न समिती बनाएको छ ।

नगर प्रमुख राम कुमार थापाले हस्ताक्षर गरि जारि गरेको बिज्ञप्तीमा सेवा प्रदायक सस्थालाई फोहोर संकलन गर्न अनुरोध पनि गरिएको छ । अध्ययन समितीलाई १० दिन भित्रमा अध्ययन गरि प्रतिवेदन पेष गर्न पनि नगर प्रमुख थापाले निर्देशन दिनु भएको छ ।

सेवा प्रदायक सस्था भन्छः फोहोरमा राजनिति गर्न खोजीयो

दमकमा देखियो फोहोर संकलनको समस्या अहिलेको मात्रै नभएर नयाँ जनप्रतिनिधी आएदेखीको भएको सेवा प्रदायक सस्था नेक्स्ट इरा इनर्जीले जनाएको छ । इनर्जीका प्रबन्ध निर्देशक खतिवडाले अहिलेका नगर प्रमुखसँग यसबारेमा संवाद गर्न खोज्दा कहिलै समय नपाइएको र ‘वान टु वान वार्ता हुन समेत नसकेको उल्लेख गर्नु भयो ।

नगर प्रमुख थापाले फोहोर संकलनलाई गम्भिरता नलिएको आरोप खतिवडाले लगाउनु भएको छ भने फोहोर संकलनमा उहाँले राजनैतिक पूर्वाग्राह राखेर समयमा आवश्यक निणर्य नगरिदिदा समस्या सिर्जना भएको बताउनु भयो । तर नगर प्रमुख थापा भने यो कुरा स्विकार गर्नु हुन्न ।

‘उहाँहरुसँग दर्जनौ पटक छलफल भएका छन् । सम्झौतापत्रमा उहाँहरुको र हाम्रो बुझाई केहि फरक छ ।त्यहि भएर दुवै तर्फका जानकारहरुलाई राखेर अध्ययन गर्न भनि समिती बनाइएको छ ।

त्यसपछि के प्रतिवेदन आउँछ त्यहि अनुसार नयाँ निणर्य गरेर अघी बढ्ने छौ ।’ नगर प्रमुख थापाले बताउनु भयो । बजारमा गएर रकम संकलन गर्न नसक्ने उहाँहरु मुल्य समायोजनको स्पष्ट कारण समेत लिएर अउनु हुन्न । सम्झौता बमोजिम फोहोर उठाउन नसक्ने भए विकल्प दिनुस सम्म पनि भनेका छौ ।’ थापाले बताउनु भयो ।

भोली देखी फोहोर उठाउन नेक्स्ट इरा तयार

आज नगरपालिकाले भुक्तानी गर्न बाँकी रहेको रकम आएपछि नेक्स्ट इराले भोलीदेखी फोहोर उठाउने भएको छ । नगरपालिकाका प्रमुख प्रशाषकिय अधिकृत गणेश कार्कीले रकम भुक्तानी गर्ने आश्वाषन दिएका कारण भोलीदेखी फोहोर उठाउन तयार भएको खतिवडाले बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकका सडक सौन्दर्र्यीकरणले नगरको पहिचान फेरिदै, स्थानीय के भन्छन् ?

दमक, कार्तिक २८ । अहिलेको शहरीकरणको समयमा, धेरै स्थानमा हरियालीको अभाव देखिन्छ। तर, दमक नगरपालिकाले यसको विपरीत, सडक किनारमा हरियाली राख्ने पहल गरेको छ। यसले

मधेश प्रदेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो

काठमाण्डौं,२८ कार्तिक । कानुनी प्रतिबन्ध र निरन्तरका जनचेतनामूलक अभियानका बाबजुद मधेश प्रदेशमा बालविवाहको अवस्था अझै विकराल रहेको एक सरकारी तथ्याङ्कले देखाएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक

९८ किलो गाजासहित २ पक्राउ

सुनसरी, कार्तिक २८ । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले ९८ किलो गाँजा बरामद गरेको छ । सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा बरामद भएको

संसद पुनर्स्थापनाकाे विकल्प छैन : सभामुख देवराज घिमिरे

बिर्तामोड,२८ कार्तिक । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुर्नस्थापना हुनुपर्ने बताउनु भएको छ् । उहाँले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुर्नस्थापना हुनैपर्ने बताउनु भयो

दमकमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त–नियम कार्यान्वयन गर्नै सकेन नगरले

दमक, २७ कार्तिक । दमक नगरपालिकामा रहेका मुख्य बजार क्षेत्रहरुको सडकहरुमा ट्राफिक व्यवस्थापन गर्न र दुर्घटना न्युनीकरण गर्नका लागी भनेर एकतर्फी पार्किङको नियम बनाईएको थियो