मेघराज राउत मृत्यू प्रकरण, पक्राउ परेकि महिलामा कस्तो हुँदैछ अनुसन्धान ?

दमक/
दमक ८ निवासी मेघराज राउत गत बिहिबार दिउँसो यहाँ रहेको एक होटलमा मृत भेटिएका थीए । होटलको कोठामा झुण्डिएको अवस्थामा भेटिएका राउतले आत्महत्या गरेको भनेर प्रहरीले जनायो । तर घटना स्थलमा भेटिएको ‘सु-साईट नोट’ले भने घटनामा छानविन गर्नुपर्ने अवस्थामा प्रहरीलाई पुर्यायो ।

 

त्यहाँ भेटिएको झण्डै दुईपाना लामो ‘सु-साईट नोट’मा एक जना महिलाको नाम उल्लेख गरेका कारण प्रहरीले त्यहाँ नाम लेखिएकी महिलालाई पक्राउ पनि गर्यो ।

 

दमकमा मुख्य कार्यालय रहेको मेचि सहकारीमा कार्यरत राउतले सोहि सस्थामा काम गर्ने एक महिला कर्मचारीको नाम त्यहाँ लेखेको प्रहरीले जनाएको छ । प्रहरीमा परिवारले जाहेरी दिएपछि सो महिलालाई प्रहरीले पक्राउ पनि गरेको छ ।

 

पक्राउ परेकि महिलालाई इलाका प्रहरी कार्यालय दमकमै राखेर अनुसन्धान गरिरहिएकोे यहाँका प्रहरी प्रमुख मनोज कुमार लामाले बताउनु भयो ।

‘साईसाईट नोट’मा के लेखिएको छ भन्ने कुरा प्रहरीले पूणर्रुपमा सार्वजनिक नगरेपनि त्यहाँ लेखिएका कुरालाईनै आधार मानेर प्रहरीले पक्राउ परेकी ती महिलासँग बयान लिइरहेको छ ।

 

‘घटनाबारेमा थप अनुसन्धान भइरहेको छ । हामीले पक्राउ गरेको महिलासँग घटनाको सम्बन्धका बारेमा गहिरो सोधपोछ गरिरहेका छौ । अनुसन्धानले हामीलाई अन्त पनि कहाँ कहाँ पुर्याउने हो त्यो छानविन पछि हुदै जाने कुरा हो ।  केहि दिनभित्रैमा हामी यसको सत्य तथ्य सार्वजनिक गर्ने छौ ।’ डिएसपी लामाले उज्यालो खवरसँग सक्षीप्त कुरा गर्दै बताउनु भयो ।

Share:

Facebook
Twitter
Email
WhatsApp