दमक/
दक्षिण कोरियाको सोउलमा विस्व मेयर सम्मेलन हुँदै छ । सेप्टेम्बर २६ देखी २७ तारिख सम्म हुने सम्मेलनमा भाग लिन विस्वभरका मेयरहरु यहाँ पुग्ने छन् । दमक नगरपाकिलाका मेयर राम कुमार थापा पनि यहाँ जादैै हुनुहुन्छ । नेपाली समय अनुसार आज राती ११ बजेको हवाई उडान मार्फत मेयर थापा दक्षिण कोरिया जान लाग्नु भएको हो । उहाँका साथमा नगरपालिकाका लेखा अधिकृत देवी कोइराला पनि सघै जानु हुँदै छ ।
छैटौ विस्व मेयर सम्मेलनमा यो पटक दिगो तथा जीवत शहर निर्माण गर्न समावेशी लचिलो भविष्य बनाउन आवश्यक छ भन्नेबारेमा मुख्य छलफल हुने छ ।
शहरहरूले सहरी विकास र आर्थिक सफलतातर्फ लागे पनि समाजमा समावेशीता सुनिश्चित गर्न भने ध्यान नदिएको निष्कर्ष निकाल्दै विशेष गरी पिछडिएका शहरहरुलाई यस तर्फ ध्यन केन्द्रित गर्न यो सम्मेलनले महत्वपूणर् भूमिका निर्वाह गर्ने जनाइएको छ ।
सम्मेलनले मेयरहरूले कसरी समावेशी समाजहरू बनाउन र समुदायहरूलाई सशक्त बनाउन सक्छन्? सहररमा मेयरहरूले कसरी संस्कृति र सम्पदाको संरक्षण गर्न सक्छन्? मेयरहरूले कसरी डे-कार्बोनाइजेसनलाई गति दिन र जलवायु लचिलोपनलाई बलियो बनाउन सक्छन्? मेयरहरूले कसरी नवीनता र रचनात्मकतालाई सहजीकरण र प्रवर्द्धन गर्न सक्छन्? भन्ने बारेमा विषयका बिज्ञहरुले प्रशिक्षण पनि दिने कार्यक्रम रहेको छ ।
यो कार्यक्रममा सहभागी भएर आएपछि दमकका मेयर थापाले दमकको चमकको कस्तो परिवर्तन ल्याउन सक्नु होला त्यो भने उहाँको आवागमन पछि मात्रै थाह हुन सक्ने छ ।