दमक/
अपाङ्गगता भएकाहरु समाजमा कति छन् ? कस्तो अवस्थामा छन् की त्यहि समाजलाई थाह छ कि त्यो परिवारलाई । नत्र यसको वास्तविक तथ्य र अवस्था न सरकारलाई थाह छ न यसमा काम गर्ने सघं सस्थाहरुलाईनै ।
बिभिन्न प्रकारले अपाङ्गगता भएकाहरु किन संगठीत हुन आइरहेका छैनन ? सरकारी तथ्याकंमा समेत किन सहभागी हुँदैनन् ? यो प्रश्न सुन्दा सामान्य लागेपनि निकै पेचिलो छ । यसले असर निती बनाउने र बनेको निति कार्यान्वायन गराउने सम्ममा पर्छ ।
अपाङ्गगताको क्षेत्रमा तीन दशक भन्दा बढि काम गर्नु भएको एक सामाजीक स्वेमसेवक श्याम पोखरेलेका अनुसार पहुँचको अभाव , सामाजीक तिरस्कारमा पर्छु भन्ने पिर तथा अपाङ्गता भन्ने कुरा सार्वजनिक गर्दा अपहेलित भइन्छ कि भन्ने डरले गर्दा तथ्याकंमा आउन सकिरहेका छैनन । विभिन्न सञ्चार अवरोधका कारण पनि उनीहरु तथ्याकंमा आउन र संगीठत हुन पनि नसकेको पोखरेलले प्रष्टाउनु भयो ।
तर सबै त्यस्ता पनि छैनन् । पछिल्लो समय संगठीत हुने र ती संगठनबाट विभिन्न अवसरको सदुपयोग गर्दै आफ्नो व्यक्तिगत क्षमता पनि विकास गराउने प्रशशस्त भेटिन्छन् । उमेरले ३५ वर्ष पुग्नु भएकी मञ्जु खनालको घर हो इलामको चुलाचुली स्थित हात्तीलेदा ।
उहाँले परिवारले देख्ला कि भन्दै लुकि लुकि विद्यालय गएर अध्ययन गर्नु भयो । पछि आफु अपाङ्गता भएको कुरा आफै थाह पाउनु भयो । पुड्को जन्मेको भनेर परिवारले पढाउन नचाहेपनि उहाँले खेत जाने बाहनामा विद्यालय जानु भयो । औपचारिक शिक्षा हाँसिल गर्नु भयो । उहाँ अपाङ्गता भएको भन्ने सरकारी तथ्याकंमा पनि सहभागी हुनु भयो अनी बिभिन्न संगठनमा पनि आवद्ध रहनु भएको छ । पछि पढ्दै जादा १२ सम्म पढ्नु भएकी मञ्जु अहिले राष्ट्रिय अपाङ्ग महासङ्गको केन्द्रिय सदस्यमा हुनुहुन्छ । त्यो पनि दुई कार्यकाल । सरकारले दिएका सुविधाको प्रयोग गर्न र आफ्नो अधिकार स्थापीत गर्न अहिले आफुलाई सहज भएको अनुभव खनालसँग छ ।
अव पनि अपाङ्गता भएकाहरुले आफ्नो अवस्था लुकाउने हो ने धेरै कुराबाट बञ्चित भएर बस्नु पर्ने अवस्था आउन सक्छ । राज्यबाट पाइने सुविधा त छदै छ त्यो देखी बाहेक अन्य शशक्तिकरण कार्यक्रममा पनि अवसर पाइदैन । अपाङ्गगताहरुलाई पुनःस्थार्पना दिन अप्ठ्यारो पर्दै जान्छ । त्यसैले सबै खाले अपाङ्गता भएकाहरु संगठीत हुन र सरकारी तथ्याकंमा सहभागी हुन अति आवश्यक रहेको अर्को अभियान्ता तथा एन एल आर नेपालका फिल्ड प्रोग्राम कोअर्डीनेटर माधवराज भट्टको भनाई छ ।
अपाङ्गता भएकाहरुको अपेक्षा धेरै हुन सक्छ । सरकारले पूणर्रुपमा सबै खाले सुविधा दिन पर्छ भन्ने सोच उनीहरुमा हुन सक्छ । तर राज्यले संविधानमा उल्लेख भएका अधिकारहरुलाईलाई स्थापीत गराउने र सबैमा ती अधिकार पुर्याउने काममा सहजीकरण गरिरहेको दमक नगरपालिकाकी कार्यवाहाक प्रमुख रेगिना भट्टराई प्रसाईले बताउनु भयो ।
अपाङ्गता भएकाहरुले आफुमा भएको हिन्नता बोध हटाइ नयाँ सोच र खोजका साथ काम गर्न अग्रसर बन्नु पर्छ । आफ्ना हक अधिकार प्राप्ती गर्न र बृद्धि गर्न आफै सकृय भएन भने कसैले पनि ल्याएर दिदैनन् । त्यसैले अव सबै प्रकारका अपाङ्गता भएकाहरु सङ्गठीत हुन आवश्यक छ ।
भिडियोमा हेरौ