बिराटनगर /
कोशी प्रदेश सरकारले मन्त्री परिषद बिस्तार गरेपनी त्यो अझै पुर्ण भएको छैन ।
मुख्यमन्त्री हिकमत कार्कीकै नेतृत्वमा अझै तिनवटा अतिरिक्त मन्त्रालयहरु रहेका छन ।
आर्थिक मामिला तथा योजना, सामाजिक विकास र उद्योग, कृषि तथा सहकारी मन्त्रालय आफैंसँग राखेका छन् ।
सोमबारमात्रै मुख्यमन्त्री कार्कीले दुई मन्त्री र दुई राज्यमन्त्री थपेका हुन ।
मोरङका प्रदेश सांसद लिलावल्लभ अधिकारीलाई आन्तरिक मामिला तथा कानुनमन्त्री र सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारीलाई खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री, सुनसरीबाट निर्वाचित प्रदेश सांसद राप्रसाद मेहतालाई उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री र धनकुटाका निरन राईले आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।
मन्त्रीद्वय अधिकारी र राजभण्डारीलाई प्रदेश प्रमुख पर्शुराम खापुङ्ले र राज्यमन्त्रीद्वय मेहता र राईलाई मुख्यमन्त्री कार्कीले पद तथा गोपनीयताको शपथ गराएका हुन् । उनीहरूसहित अब प्रदेशमा ९ सदस्यीय मन्त्रिपरिषद् भएको छ।
यसअघि भौतिक पूर्वाधार विकासमन्त्रीमा एकराज कार्की, स्वास्थ्यमन्त्री तिलकुमार मेन्याङ्बो, पर्यटन, वन तथा वातावरणमन्त्री पाँचकर्ण राई र सामाजिक विकास राज्यमन्त्रीमा सिर्जना राईलाई नियुक्त गरेका थिए ।