भत्किएको पुलमा सभामुख घिमिरे ‘यहाँ नयाँ पुल बनाउने प्रकृया सुरु भएको छ’

झापा/
२०६४ सालमा भारतीय राजदुतावासको सहयोगमा निर्माण भएको बिरिङ नदिको पुल अहिले भत्किएको छ । केही समय अघी आएको बाढीले यो पुल भत्काएको हो । पुल भत्किएपछि खासगरि बिर्तामोड-शनिश्चरे-खुदुनाबारी खण्डमा आवामगन असहज भएको छ ।

पुल अवरुद्ध हुँदा सो मार्ग हुँदै आवतजावत गर्ने अर्जुनधारा नगरपालिकाका केही वडाका नागरिक र इलामको विभिन्न भुभागका नागरिकले अहिले वैकल्पिक मार्गको प्रयोग गर्नु परिरहेको छ ।

यही पुलको स्थलगत निरिक्षण गर्न पुग्नु भएका प्रतिनिधी सभाका सभामुख देवराज घिमिरेले भन्नु भयो ‘यहाँ नयाँ पुलको आवश्यकताको महसुस पहिलै थियो । हामीले त्यसै अनुसार काम पनि थाल्न निर्देशन गरेका छौ ।’ निरक्षणपछि सञ्चारकर्मीलाई संक्षीप्त प्रतिकृया दिदै सभामुख घिमिरेले भन्नु भयो ‘अहिले विभागीय मन्त्री र सचिव देश बाहिर रहेकोले फर्के लगत्तै यसको कामका बारेमा भएको थप प्रगती बुझेर कामलाई अघी बढाउन निर्देशन गर्ने पनि उहाँले उल्लेख गर्नु भयो ।

उहाँको निर्वाचन क्षेत्र समेत रहेको यो ठाउँका अन्य पूर्वाधार क्षेत्रमा भएका र आवश्यकता पर्ने योजनाहरुको पनि मंगलबार उहाँले निरिक्षण गर्नु भएको छ ।

Share:

Facebook
Twitter
Email
WhatsApp