भत्किएको पुलमा सभामुख घिमिरे ‘यहाँ नयाँ पुल बनाउने प्रकृया सुरु भएको छ’

झापा/
२०६४ सालमा भारतीय राजदुतावासको सहयोगमा निर्माण भएको बिरिङ नदिको पुल अहिले भत्किएको छ । केही समय अघी आएको बाढीले यो पुल भत्काएको हो । पुल भत्किएपछि खासगरि बिर्तामोड-शनिश्चरे-खुदुनाबारी खण्डमा आवामगन असहज भएको छ ।

पुल अवरुद्ध हुँदा सो मार्ग हुँदै आवतजावत गर्ने अर्जुनधारा नगरपालिकाका केही वडाका नागरिक र इलामको विभिन्न भुभागका नागरिकले अहिले वैकल्पिक मार्गको प्रयोग गर्नु परिरहेको छ ।

यही पुलको स्थलगत निरिक्षण गर्न पुग्नु भएका प्रतिनिधी सभाका सभामुख देवराज घिमिरेले भन्नु भयो ‘यहाँ नयाँ पुलको आवश्यकताको महसुस पहिलै थियो । हामीले त्यसै अनुसार काम पनि थाल्न निर्देशन गरेका छौ ।’ निरक्षणपछि सञ्चारकर्मीलाई संक्षीप्त प्रतिकृया दिदै सभामुख घिमिरेले भन्नु भयो ‘अहिले विभागीय मन्त्री र सचिव देश बाहिर रहेकोले फर्के लगत्तै यसको कामका बारेमा भएको थप प्रगती बुझेर कामलाई अघी बढाउन निर्देशन गर्ने पनि उहाँले उल्लेख गर्नु भयो ।

उहाँको निर्वाचन क्षेत्र समेत रहेको यो ठाउँका अन्य पूर्वाधार क्षेत्रमा भएका र आवश्यकता पर्ने योजनाहरुको पनि मंगलबार उहाँले निरिक्षण गर्नु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शान्त जीवन प्रतिष्ठान सुधार केन्द्रबाट ७ जना फरार

झापा, मंसिर २७ । झापाको कमल गाउँपालिका वडा न।५पाडाजुँगीमा रहेको शान्त जीवन प्रतिष्ठान सुधार केन्द्रबाट ७ जना फरार भएका छन् । उपचारका लागि ल्याएका उनीहरु

सुख्खायामसँगै आगलागीका घटना बढ्दै, एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते

दमक,२७ मंसिर । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चिसो र सुक्खायाम बढेसँगै आगलागीका घटनामा वृद्धि भएको भन्दै आम सर्वसाधारण तथा सरोकारवाला निकायलाई विशेष

मोरङमा हात्तीको आक्रमणबाट एक पुरुषको मृत्यु

दमक,२७ मंसिर ।  मोरङमा जंगली हात्तीको आक्रमणबाट दूध बिक्री गर्न हिँडेका पुरुषको मृत्यु भएको छ । सुन्दरहरैँचा नगरपालिका–१२ काफ्ले टोलका ६० वर्षीय भवकृष्ण घिमिरेको मृत्यु