बैतडी/
भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका अर्को सूचना जारी नभएसम्म बन्द रहने भएको छ ।
महाकाली नदीमाथिको रहेका झोलुङ्गे पुल मर्मतका लागि आवागमन बन्द गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए ।
पुलको भारतीय सिमानातर्फ बेस (काठ) लक भाँच्चिएपछि भारतीय पक्षले पुल मर्मतको काम गरिरहेकाले मङ्गलबार पनि सीमा नाकामा आवागमन बन्द गरिएको हो ।
यसअघि मर्मतकै लागि भनेर सोमबार पनि आवागमन बन्द गरिएको थियो तर मर्मतको काम नसकिएको भन्दै मङ्गलबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि आवागमन स्थगन गरिएको प्रजिअ पन्थीले बताए ।
अर्को सूचना जारी नहुँदासम्मका लागि दैनिक बिहान ८ः४५ देखि दिउँसो १ः१५ बजेसम्म र दिउँसो २ः१५ बजेदेखि पुनः ४ः१५ बजेसम्म पुलमा आवागमन बन्द हुने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।
भारतको पीडब्लुडी कार्यालयले पुल मर्मतको काम गरिरहेको हो ।