क्लव स्थापना दिवसको अवसरमा १ सय ३१ ज्नाले गरे रक्तदान

दमक/
दमकका यूवाहरुद्धारा सञ्चालीत सस्था क्लव हिमालयन टाईगरको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

क्लव स्थापनाको चौथो वर्ष पुगेको अवसरमा रक्तदान आयोजना गरिएको सस्थाका सस्थापक अध्यक्ष रेवतराज भण्डारीले बताउनु भयो ।

बुधबार दमक चोक स्थित गोर्खा डिर्पाटमेण्टको प्राङ्गणमा सम्पन्न भएको रक्तदान कार्यक्रममा १ सय ३१ जनाले रक्तदान गरेको भण्डारीले जानकारी दिनु भएको छ ।

दमक नगरपालिका, दमक उद्योग वाणिज्य सघं, सुर्य दर्शन बचत तथा ऋण सहकारी सस्था लिमिटेड दमक , मौनदिप मोवाईल दमक र मेचि फुड्सको सहयोगमा रक्तदान सम्पन्न भएको थियो ।

बिहान ८ बजेदेखी सुरु गरिएको रक्तदान कार्यक्रम दिनभरजसोनै चलिरहेको थियो ।

यो पटकको कार्यक्रम क्लवको दक्षिण कोरिया समन्वय समितीको आयोजनामा सम्पन्न भएको जनाइएको छ ।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख मनोज कुमार लामाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रक्तदान गर्नेहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

क्लवले पूर्वका विभिन्न स्थानमा आफ्नो शाखा विस्तार गरेको छ भने विदेशमा रहेका नेपालीहरुमाझ पनि यसको सञ्जाल बढ्दो छ ।

यो सस्थाले सामाजीक क्षेत्रमा बिभिन्न प्रकारका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ

Share: