क्लव स्थापना दिवसको अवसरमा १ सय ३१ ज्नाले गरे रक्तदान

दमक/
दमकका यूवाहरुद्धारा सञ्चालीत सस्था क्लव हिमालयन टाईगरको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

क्लव स्थापनाको चौथो वर्ष पुगेको अवसरमा रक्तदान आयोजना गरिएको सस्थाका सस्थापक अध्यक्ष रेवतराज भण्डारीले बताउनु भयो ।

बुधबार दमक चोक स्थित गोर्खा डिर्पाटमेण्टको प्राङ्गणमा सम्पन्न भएको रक्तदान कार्यक्रममा १ सय ३१ जनाले रक्तदान गरेको भण्डारीले जानकारी दिनु भएको छ ।

दमक नगरपालिका, दमक उद्योग वाणिज्य सघं, सुर्य दर्शन बचत तथा ऋण सहकारी सस्था लिमिटेड दमक , मौनदिप मोवाईल दमक र मेचि फुड्सको सहयोगमा रक्तदान सम्पन्न भएको थियो ।

बिहान ८ बजेदेखी सुरु गरिएको रक्तदान कार्यक्रम दिनभरजसोनै चलिरहेको थियो ।

यो पटकको कार्यक्रम क्लवको दक्षिण कोरिया समन्वय समितीको आयोजनामा सम्पन्न भएको जनाइएको छ ।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख मनोज कुमार लामाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रक्तदान गर्नेहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

क्लवले पूर्वका विभिन्न स्थानमा आफ्नो शाखा विस्तार गरेको छ भने विदेशमा रहेका नेपालीहरुमाझ पनि यसको सञ्जाल बढ्दो छ ।

यो सस्थाले सामाजीक क्षेत्रमा बिभिन्न प्रकारका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको

मेची राजमार्गको इलाम खण्ड गम्भीर संकटमा

इलाम ,११ जेठ। पूर्वी पहाडको लाइफलाइन (जीवनरेखा) मानिने मेची राजमार्गको इलामस्थित माईखोला राजदुवाली – गोलाखर्क भञ्ज्याङ् खण्ड यतिबेला गम्भीर संकटमा परेको छ। करिब ३ किलोमिटर