अनेम सघं दमकद्धारा चोक सफाई

दमक/
अखिल नेपाल महिला सघं झापा क्षेत्र नं ५ को क्षेत्रीय कमिटीले आज दमकको चोक क्षेत्र सरसफाई गरेको छ ।

 

नेकपा एमाले कोशी प्रदेशको प्रथम अधिबेसनको पूर्व सन्ध्यामा सघंले सरसफाईको कार्यक्रम राखेको सघंकी झापा जिल्ला सचिव लिला ढुङ्गेल दाहालले जानकारी दिनु भयो ।

 

शहर जस्तै पार्टिपनि सफा र स्वच्छ हुनुपर्छ भन्ने सन्देश दिन पनि अधिबेसनको पूर्वसन्ध्यामा यस प्रकारको कार्यक्रम गरिएको जनाइएको छ ।

 

पार्टिको असोज १२ र १३ गते अर्थात भोली र पर्सी बिराटनगरमा अधिबेसन हुँदैछ ।

अधिबेसनबाट आउने नेतृत्वले पार्टिलाई थप चलायमान बनाउँदै आगामी निर्वाचन २०८४ मा बहुमत ल्याउने गरि सकरात्मक गतिविधि गरोस भन्ने सुभकामना पनि सरसफाई कार्यक्रममा सहभागी भएका अनेमसघंका नेत्रीहरुले गर्नु भएको थियो ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp