दमक/
संघिय सरकारले जारी गर्न लागेको संघिय निजामती ऐनको संशोधन गर्न पालिका स्तरबाट दबाव दिन कर्मचारीहरु संगठित हुन थालेका छन ।
यसै क्रममा दमक नगरपालिकामा कार्यरत स्थानिय कर्मचारीहरुले पनि संघर्ष समिती गठन गरेका छन ।
आज दमक नगरपालिकामा कार्यरत कर्मचारीहरुको भेलाले मनोज रेग्मीको संयोजकत्वमा संघर्ष समिती गठन गरिएको जनाईएको छ ।
स्थानीय कर्मचारी मध्येबाट नगेन्द्र भट्टराईको अध्यक्षता बसेको भेलाले संघर्ष समितिको सह संयोजकमा जमुना पौडेललाई चयन गरेको छ ।
यस्तै सचिवमा प्रकाश घिमिरे र कोषाध्यक्षमा योगेश भट्टराई (ख) रहनु भएको छ ।
समितिमा अन्य १३ जना सदस्य रहेका छन ।
गठित संघर्ष समितिले संघिय सरकारले जारी गर्ने ऐनले सबै तहका कर्मचारीको समस्या समाधान गर्ने गरि मात्र ल्याउनु पर्ने माग राखेका छन ।
ऐन संशोधन नभए ससक्त आन्दोलनमा उत्रने उनिहरुले चेतावनी समेत दिएका छन ।