पाडाजुगी कमलको स्मारिका सामुदायीक विद्यालय ‘पढनेसँगै सिक्ने कुरामा जोड’

दमक/
विद्यालय पढ्नेनै थलो हो ।यहाँ हरेक प्रकारका विद्यार्थीहरुलाई हरेक दिन नयाँ नयाँ कुरा पढाइन्छ । कुनै जमना यस्तो थियो निजी विद्यालय अर्थात बोर्डिङ स्कुल भन्ने बित्तिकै घोकन्ते विद्या मात्रै दिइन्छ । बाहिरी ज्ञान धेरै कम हुन्छ ।  तर यो धारणा पछिल्लो समय केहि परिवर्तन हुँदैछ । बोर्डिङहरुले आफुलाई परिस्कृत गर्दै अघी बढिरहेका छन् । उदाहरणका लागि झापाको कमल गाउँपालिका वडा नं ५ मा रहेको स्मारिका सामुदायीक इङलीस बोर्डिङलाई पनि लिन सकिन्छ ।

यो विद्यालयमा अध्ययन गर्ने यी दुई विद्यार्थी । भूमिका बुढाथोकी र प्रज्वल पाठकको यो आत्मविस्वासबाट पनि थाह हुन्छ कि विद्यालयले कितावी ज्ञान मात्रै नभएर उनीहरुलाई अन्य कुराको पनि ज्ञान मज्जाले दिएको छ ।

उज्यालो खवरको उज्यालो शिक्षा कार्यक्रम निर्माण गर्ने समुह विद्यालयमा पुग्दा यी विद्यार्थी  आ-आफ्नो कक्षा कोठामा अध्ययन गरिरहेका थीए । हामीले पढरहेकै ठाउँमा उठाएर सोध्यौ यहाँको पढाई कस्तो च छ ? भनेर उहाँहरुले निर्धक्क र बिना हिचहिचाहठ डेक्सबाटै जवाफ दिनु भयो ।जवाफको आशय एउटै थियो स्मारिका सामुदायीकमा कितावी ज्ञान जस्तै बाहिरी विषयको ज्ञान पनि प्राथमिकताका साथ सिकाइन्छ ।

विद्यार्थीलाई यहाँका शिक्षकहरुले कसैले सोधेमा  यस्तो भन्नु है भनेर सिकाएको पो हो कि भनेर भनेर हामीले अन्य विद्यार्थीका अभिभावकसँग पनि विद्यालयको बारेमा बुझ्ने प्रयास गर्यौ । प्रेम बहादुर कार्कीका दुईजना छोरीहरु यही विद्यालयमा क्रमश कक्षा ४ र ८ मा अध्ययन गरिरहेका छन् । भर्खरैको छोरोलाई पनि नर्सरीमा यही विद्यालयमा भर्ना गराउनु भएको कार्कीले ।

यस्तै रेवत गुरुङका दुईजना छोरा पनि यही अध्ययन गरिरहनु भएको छ । कक्षा यू के जि र ६ मा । यता दील कुमारी लावतीकी छोरी त आँखामा केहि कमजोरी पना भएका कारण अन्य विद्यालयले भर्ना समेत दिन मानी रहेका थीएनन् । तर स्मारिकाले भर्ना मात्रै नभएर उच्च प्राथमिकताका साथ ध्यान दिएर पढाइरहेकोमा उहाँ दंग हुनुहुन्छ । यी सबै अभिभावक भन्नु हुन्छ छोराछोरीमा आएको परिवर्तनले हामी खुसी छौ । हामीले दिन खोजेको शिक्षा पनि यस्तै हो ।

विद्यार्थी र अभिभावकले यती धेरै मन पराएको र रुचाएको विद्यालयको कक्षा कोठा कस्ता छन् ? कसरी पढाइदो रहेछ भन्नेबारेमा  हामीले कक्षा कक्षामा पुगेर पनि हेर्यौ । सबै भन्दा सानो कक्षामा पढाइरहिएका यी दृष्यले विद्यार्थीलाई सिर्जनशिल बनाउन शिक्षीकाहरुले गरेको मिहनत राम्रै रहेको पाइयो । अन्य कोठाहरु पनि फराकिला थीए । दक्ष शिक्षक तथा शिक्षिकाहरुले अध्ययापन गराइरहनु भएको थियो । विद्यार्थीहरु एकाग्र भएर बढिरहेका थीए ।

होल्ड १० सेकेण्ड जतीको भिडियो होल्ड मण्टेस्वरी क्लास देखी अन्य क्लासमा पढाएको समेत देखीने गरि
कक्षा कोठाहरुको व्यवस्थापन, यहाँ पढाउन प्रयोग गरिने टुल्सहरुको उपलब्धता लगायतका कुराहरुको प्रबन्ध कसरी भइरहेको छ भन्नेबारेमा हामीले स्कुल को-अर्डीनेटर वर्षा निरौलालाई प्रश्न गरेका छौ । उहाँ भन्नु हुन्छ कक्षा कोठाहरुलाई सके सम्म हरेक सुविधासँग जोडने प्रयास गरिएको छ ।

यो विद्यालयका विद्यार्थीहरुलाई पढाउने कुरामा जती महत्व दिइन्छ । त्यतिनै महत्व सिकाउने काममा पनि दिइएको छ । यसकालागि यहाँ क्यालेण्डरनै बनाएर बिभिन्न कार्यक्रमहरु बनाइएको छ । अधिकतम अतिरिक्त कृयाकलापसँग जोडेर विद्यार्थीहरुलाई अब्बल बनाउने काम विद्यालयले गरिरहेको छ । कुन विद्यार्थीको चाहना के मा छ ? विद्यार्थीको रुचि अनुसार विभिन्न प्रकारका सिप सिकाउने गरिका कार्यक्रम उहाँ सञ्चालन भइरहेको विद्यालयका  प्रशाषकको जिम्मेवारी पाउनु भएका सञ्जीव पाठकको प्रष्टोक्ति छ ।

अहिले यो विद्यालयमा ८ सय भन्दा धेरै विद्यार्थी अध्ययन गरिरहेका छन् । नर्सरी देखी कक्षा १० सम्म पढाइ हुने यो विद्यालय सुरुवातमा चाहि ५ सम्मको मात्रै थियो । २०६६ सालमा स्थापना भएको यो विद्यालयको इतिहाँस तीन कोठे सानो बाँसको भाटे कक्षाबाट सुरु भएको यसका सस्थापक फाण्डर तथा प्रिन्सपल गुणराज गिरी स्मरण गर्नु हुन्छ ।

आफ्नै गाउँमा सर्व सुलभ शिक्षा प्रदान गर्ने लक्ष्यका साथ स्थापना भएको यो विद्याल य मा अहिले विद्यार्थीहरुको आकर्षण बढ्दो छ । विद्यार्थीहरुको रोजाई बढेसगै विद्यालयलले नयाँ नयाँ कार्यक्रम ल्याउने र संरचना निर्माण गर्ने काम पनि निरन्तर चलाइरहेको छ । प्रिन्सीपल गिरी गौरवका साथ भन्नु हुन्छ हामी यहाँ विद्यार्थीहरुलाई पढाउने मात्रै हैन सिकाउने कामलाई बढि प्राथमिकता दिन्छौ । विद्यार्थीमा कितावी ज्ञान मात्रै नभएर सर्वाङ्गीण बिकास गराउने लक्ष्य विद्यालयको रहेको उहाँले जोड दिनु भएको छ ।

योविद्यालयमा विद्यार्थीको सर्वाङ्गीण विकास  गराउन भन्दै राष्ट्रिय तथा अन्तराष्ट्रि स्तरका विभिन्न कार्यक्रमहरु पनि कार्यान्वायन गरिएको छ । विद्यालयमा अहिले एस क्यू सि कार्यक्रम लागु गरेको छ । जसले गर्दा विद्यार्थीहरुमा अनुसन्धान गर्न , अध्ययन गर्न तथा प्रोजेक्ट बनाउन देखी लिएर त्यसको प्रस्तुती गर्न सक्ने पनि अव्वल भएका छन् ।

यस्तै इन्गेज नेपाल विथ साइन्स अन्तर्गत इको क्लवमा विद्यार्थीलाई सहभागी गराएर वातावरण संरक्षण सम्बन्धीको अध्ययन र धारणा बनाउन पनि सिकाउने गरेको छ । यती मात्रै नभएर विदेशका विद्यार्थीले कस्तो पढ्छन , यहाँ र त्यहाँको पढाईमा केके समानता र फरक छ भन्ने कुराको जानकारीकालागि स्कटल्याण्डको एउटा स्कुलसँग क्लास सेयरिङ पनि हुने गरेको छ ।

स्कण्टल्याउडको स्गोईल एन रुभा स्कुलमा भएको पढाईको अनुभव सेयरिङ हरेक हप्ता हुने गरेको छ। त्यस्तै सिटि अफ नेपालसँग सहकार्य गरि कक्षा ३ सम्मको कक्षालाई थप प्रभावकारी अध्यन र अध्यापन कसरी गराउन सकिन्छ भन्ने कार्यक्रम पनि यहाँ चलिरहेको छ ।

विद्यालयका यस्ता गतिविधि देखेरनै ब्रिटिस काउन्सिलले प्रदान गर्ने इन्टरनेशनल  स्कुल अर्वाड पनि विद्यालयले प्राप्त गरेको छ ।

भिडियोमा हेरौ : 

 

 

 

Share:

Facebook
Twitter
Email
WhatsApp