एमालेको कोशी अधिवेशन आजदेखी : अध्यक्षमा ढकाल र खतिवडा बिच प्रतिस्पर्धा

एमाले कोशी अधिवेशन_20230929_054759_0000

दमक
नेकपा एमाले कोशी प्रदेशको प्रथम अधिवेशन शुक्रबार विराटनगरमा सुरु हुँदैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने तय भएको अधिवेशनबाट नेताहरुले सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिरहेका छन् ।

तर अधिवेशन अगाडि भइरहेको तयारीले भने अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । अध्यक्षका आकांक्षी तुलसीप्रसाद न्यौपाने पछि हटेकाले पनि ढकाल र खतिवडाबीच प्रतिस्पर्धाको सम्भावना बलियो बनेको हो ।

एक नेताका अनुसार, पूर्व मुख्यमन्त्रीद्वय भीम आचार्य र शेरधन राई विनोद ढकालको पक्षमा खुलेका छन् । अग्नि खरेल, भानुभक्त ढकाल, गुरु बराल लगायत खतिवडाको पक्षमा छन् ।

खतिवडा पक्षमा लागेका नेताहरुले खतिवडालाई पार्टी अध्यक्ष ओलीको साथ रहने दाबी गरिरहेका छन् । ओलीसँग ढकालको सम्बन्ध बिग्रिएका कारण खतिवडाले समर्थन पाउने उनीहरुको तर्क छ ।

खतिवडा पूर्व सांसद तथा एमालेका पुराना नेता हुन् । केन्द्रीय सदस्य विनोद ढकाल मोरङ इञ्चार्ज हुन् । ढकाल र खतिवडा एमाले मोरङको पाँचौं जिल्ला अधिवेशनमा अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका थिए ।

प्रदेश अधिवेशनका लागि ९९७ जनाप्रतिनिधि छनोट भएर आइसकेका छन् । थप ५० जना मनोनयन गर्न बाँकी छ । पालिका र जनसंगठनबाट छनोट भएर आएकाहरुको स्पष्ट लाइन नखुलेपनि दुवै पक्षको आधा–आधा उपस्थिति भएको स्रोतको दाबी छ ।

प्रदेशले मनोनयन गर्दा आफ्नो पक्ष कमजोर हुने देखिएपछि ढकाल पक्षले मनोनयन गर्न मानेको छैन । मनोनयन नभए प्रदेशमा ९९७ जना मात्रै प्रतिनिधि सहभागी हुनेछन् । प्रदेश कमिटी अध्यक्ष तुलसी न्यौपानेले मनोनयन गर्ने ५ प्रतिशतबारे छलफल भइरहेको बताए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाँचथरमा निर्माणाधिन बेलिब्रिज भाँचियाे, एकजनाकाे मृत्यु, तीन जना गम्भीर घाईते

पाँचथर, ३१ जेठ | पाँचथरको हेवाँ खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिँदा एक जनाको मृत्यु भएको छ । घटनामा परि अन्य तीन जना गम्भीर घाइते भएका छन्।

दीपिनी मार्गमा प्राइमर हाल्न सुरु (फलोअप समाचार)

दमक, ३१ जेठ / दमक ५ स्थित दीपिनी मार्ग भत्काएर अस्तव्यस्त बनेको २ महिनापछि शनिबार दिउँसोबाट सडक कालोपत्रेको प्रक्रिया अघि बढाइएको छ ।   घर

रतुवा र मावाबाट नदीजन्य सामग्री उत्खनन रोकियो, अवज्ञा गरे कारबाहीको चेतावनी

दमक, जेठ ३१ — दमक नगरपालिकाले पूर्व र पश्चिम तर्फ बहने कमस खोला र मावा खोलाबाट नदीजन्य सामग्री (बालुवा, गिट्टी, ढुंगा आदि) को उत्खनन, संकलन