दमकमा पहिलो पटक प्रदेश स्तरिय ‘अन्तर हस्पिटल फुटसल’ प्रतियोगिता

दमक/
काशी प्रदेशभरी कति हस्पिटल होलान र तीनलाई एकै मञ्चमा ल्याउने काम कस्ले गर्ला ? सुन्दा सामान्य लागेपनि यो प्रश्नमा केहि जटिलता छ ।

अस्पतालसँग सम्बन्धीत रहेका विभिन्न सस्थाहरुले उनीहरुलाइ एउटै मञ्चमा ल्याउन सक्लान, ल्याएका पनि होलान तर समाजसँग घुलीन गराउन र सस्थागत रुपमा सामाजीक योगदान सहित उनीहरुको उपस्थिती थप प्रभावकारी बनाउनु पर्छ भन्ने परिकल्पना गर्नु भयो दमकका रहेको सिटिसी फिजियो थेरापीका सञ्चालक फिजियो थेरापिस्ट बिनोद भट्टराईले ।

उहाँले खेलकुदको माद्यमबाट हस्पतालहरुलाई समाजसँग जोडने सोच बनाउनु भयो । त्यसपछि उहाँको समेत लगानी रहेको रोप्ना व्हेलनेस सेन्टरमा कुरा अघी बढाउनु भयो । त्यसपछि कार्यक्रम गर्ने निधो भयो र यसमा थप साथ दियो विकास एडभर्टइजिङ एजेन्सिले ।

यी तीनवटा सस्थाहरु एउटै ठाउँमा उभीए । परिकल्पनाकार भट्टराईलाई कार्यक्रम व्यवस्थपनको अध्यक्ष बनाइयो । उहाँले प्रदेशभरीका सबै तहका अस्पतालहरुलाई पत्रचार गनु भयो ।
ती अस्पतालहरुको उपस्थितीमा आज दमक ५ मा रहेको बिस्ट फुटसलमा प्रदेश स्तरिय अन्तर हस्पिटल फुटसल प्रतियोगिताको उद्धघाटन भयो ।
दमक नगरपालिकाकी कार्यवहाक प्रमुख रेगिना भट्टराई प्रसाईले यो प्रतियोगिताको उद्धघाटन गरेर खेलको सुभारम्भ गराउनु भयो ।
प्रतियोगितामा १२ वटा अस्पताल बिच आज प्रतिस्पर्धा भयो । आजको प्रतियोगिताबाट सेमि फाईनलमा जाने टिम छनौट हुने छन् । आगाामी २० गते सेमि फाईनल र फाईनलका खेल हुने र सो दिन पुरस्कार पनि प्रदान गरिने छ ।
आज १२ वटाबाट ४ वटा अस्पताल बाहिरिएर ८ वटा अस्पताल सेमिफाईनलमा पुग्ने छन् ।
प्रतियोगिताको बिजेताले ३० हजार नगद पुरस्कारका साथै ट्रफि र प्रमाणपत्र पाउने छन् । भने उप बिजेताले नगद २० हजारका साथै ट्रफि र प्रमाणपत्र पाउने अध्यक्ष भट्टराईले उज्यालो खवरलाई जानकारी दिनुभयो । साथै विभिन्न विधागत रुपमा पनि नगद ५ हजार सहित विभिन्न पुरस्कारको प्रबन्ध गरिएको बताइएको छ ।

Share: