एमाले कोशी अबिधेवनःअध्यक्ष पदमा निर्वाचन हुने पक्का, ढकाल र खतिवडाको उम्मेदवारी दर्ता

बिराटनगर/
नेकपा एमाले कोशी प्रदेशको पहिलो अधिबेसन निकै रोचक हुने भएको छ ।

हिजो उद्धघाटन भएको अधिबेजनमा पार्टि अध्यक्ष केपि शर्मा ओलीले यो पटक प्रदेशको अध्यक्षमा घनश्याम खतिवडालाई सघाउन संकेत गर्नु भएपनि सोहि पदमा बिनोद ढकालको पनि उम्मेदवारी परेको छ ।

मनोनयन दर्ताको समय चलिरहेकोले अहिले अध्यक्ष पदमा खतिवडा र ढकाल दुवैले मनोनयन दर्ता गराउनु भएको छ ।

आजै उम्मेदावरहरुको अन्तिम नामावाली प्रकाशन गरि भोली बिहान ११ बजे देखी निर्वाचनको प्रकृया सुरु हुने निर्वाचन समितीले जनाएको छ ।

अधिवेशनले २१५ सदस्यीय प्रदेश कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहितको पदाधिकारी र सदस्यहरू निर्वाचित गर्नेछ ।

 

Share: