कमलको मंगलमयमा कमाल कमालका अभ्यास(भिडियोमा हेरौ)

दमक/
विद्यार्थीहरुको भव्य उपस्थितीमा शिक्षकले प्रश्न सोधिरहनु भएको थियो । विद्यार्थी हात उठाएर त्यसको उत्तर दिइरहेका थीए । कोहि विद्यार्थी अहिलेको सम-सामयीक विषयमा आफ्नो वक्तृत्वकला प्रस्तुती देखाइरहनु भएको थियो ।

यी दृश्य देख्दा लाग्न सक्छ यहाँ कुनै प्रतिस्पर्धा भइरहेको छ । बिजेताले पुरस्कार पाइरहेका छन् । विद्यार्थीको उपस्थिती हेर्दा लाग्छ यो एक भव्य कार्यक्रम हो ।

तर खासमा यो कुनै औपचरिक कार्यक्रम भने होईन । प्रतिस्पर्धा हो । तर समुह बनाएर गरिएको पनि होईन ।
यो दृश्य हो झापाको कमल गाउँपालिका वडा नं ५ मा रहेको मंगलमय माद्यमिक विद्यालयको । यहाँ बिहानको विद्यालय प्राथनाको समयमा देखिएका दृष्य हुन ।

यहाँ प्राथनाकै समयमा हरेक दिन विद्यार्थीहरुलाई तीन वटा सामान्य ज्ञानका प्रश्न सोधिन्छ । जान्नेहरुले हात उठाउँछन् र जवाफ दिन्छन् । अनी हरेक दिन एक एक जनाले सम-सामयीक विषयमा आ आफ्नो भनाई पनि राख्छन् ।

 

मंगलमय मावि विद्यार्थी, शिक्षक र अभिभावकलाई सिर्जनसिल बनाउने गज्जवका काइदाहरु – YouTube

हाजिरी जवाफको प्रश्न मिलाउने र बकृत्वकलामा भाग लिनेलाई त्यहि सोह बेला पुरस्कृत पनि गरिन्छ । यसले विद्यालयमा पठन पाठन सुरु गर्नु अघीनै विद्यार्थीहरुमा पढाईप्रतिको लगाव बढोस भनेर यस प्रकारको कार्यक्रम गर्ने गरिएको विद्यालयले जनाएको छ ।
यो विद्यालयमा प्रवेश गर्नेहरुले अझ धेरै कुराको जानकारी सहजै पाउँछन् । कसैलाई केहि नसोधि विद्यालयका बारेमा बुझ्ने मात्रै नभएर समाजमा भएका सम सामयीक घटनाका बारेमा पनि अवगत हुन सक्छन । किनकी यहाँ आजाका पत्रिकामा के छापीएको छ भन्ने कुरा विद्यालयमा आउने बित्तकै पत्रिकाको कटिङ राखीएको हुन्छ ।

 

अहिलेको सम सामयीक समस्या व अवस्था के छ भन्नेबारेमा बोर्डमा लेखिएको हुन्छ । आजको महत्वपूणर् भनाई के हुन सक्छ भन्ने बारेमा अग्रेजी र नेपाली दुवै भाषामा लेखिएको हुन्छ । अनी कुन कक्षामा कति विद्यार्थी छन् भन्ने कुरा कक्षा अनुसारका हाजिरी पुस्तिका नपल्टाई र कक्षा शिक्षकलाई समेत नसोधि थाह पाइन्छ । किनकी यहाँ हरेक दिन विद्यार्थीको उपस्थितीको संख्यालाई सबैले देख्ने गरि भित्तामा राखीएको बोर्डमा लेखिएको हुन्छ ।

यी त विद्यालय प्रवेश गर्नेहरुले थाह पाउन सक्ने भए । अव विद्यालयमा रहेका कक्षा कोठामा प्रवेश गर्नेहरुले पनि अन्य कुरा सहजै थाह पाउछन् । विद्यार्थीको संख्या अघीनै थाह पाइएपनि कुन कुन विद्यार्थी उपस्थिती भएका छन् उनीहरुको नाम सहितको विवरण कोठाको अगाडी टासिएको हुन्छ । अनी कक्षा कोठामा रहेका सबै विद्यार्थीहरुको अभिभावकको नाम र सम्पर्क नम्बर समेत रहेकोले विद्यार्थीहरु यदी बिना जानकारी विद्यालय आएनन् भने कक्षा कोठाबाटै तत्कालै कक्षा शिक्षकले सम्बन्धीत अभिभावकलाई सम्पर्क गरि जानकारी लिन सक्ने छन् ।

मंगलमय मावि विद्यार्थी, शिक्षक र अभिभावकलाई सिर्जनसिल बनाउने गज्जवका काइदाहरु – YouTube

साथै विद्यार्थीले समाजमा के भइरहेको छ र केमा कसरी सजगता अपनाउने भन्नेबारेका केहि सुचना हरु पनि त्यहाँ टासिएको छ । अहिले डेङ्गुको जोखिम रहेकोले डेङ्गुको परिचय सहित यसबाट बच्ने उपायका बारेमा हरेक कक्षा कोठामा सन्देश मुलक सामाग्री टासिएको छ ।
विद्यार्थीहरुलाई विषयगत रुपमा ज्ञानयूक्त बनाउन विद्यालयले शिक्षक र विद्यार्थीको सहभागीतामा बिभिन्न विभाग बनाएको छ । आ आफ्नो रुचि र चाहना अनुसार विद्यार्थीलाई बिभाग रोज्न र बस्न स्वतन्त्र छ । यसबाट विद्यार्थीको रुचि कुन क्षेत्रमा बढि रहेछ भन्ने कुराको सामान्य सर्वेक्षणपनि गर्न सकिएको विद्यालयको बिस्वास छ ।

नर्सरी देखी कक्षा १२ सम्म पढाइ हुने यो विद्यालयमा अग्रेजी र नेपाली दुवै भाषामा विद्यार्थीले पढ्न पाउँछन् । विद्यार्थीलाई कितावी ज्ञान मात्रै नभएर अतिरिक्त विषयमा पनि जानकारी गराउने गरि बिभिन्न समुह बनाएर विषयगत कार्यक्रहमरुमा सहभागीता गराउँदै आएको विद्यालय सहायक प्रधानाध्यापक डम्बर पोखरेल बताउनु हुन्छ ।

मंगलयय माविमा अझ अर्को कामलाई पनि निकै सकृयताका साथ लागु गरिएको छ । त्यो आमा समुह । नर्सरी देखी कक्षा ६ सम्म अध्ययन गर्ने विद्यार्थीका आमाहरुको समुह हो यो । यसले साना विद्यार्थीहरुको स्वास्थ्य र हेरचाह कस्तो भइरहेको छ भन्ने बारेमा निगरानी गर्ने गरेको छ । आमा समुहकी अध्यक्ष इशु ढकाल भट्टराई भन्नु हुन्छ हामीले विद्यालयलाई बिभिन्न अखाद्य सामाग्री मिसिएका खाजाहरुमा पूणर्रुपमा निशेध लगाउने गरि काम गरिरहेका छौ । विद्यालयका सर्वपक्षसँग निरन्तर छलफल र परामर्ष गर्दै विद्यालको चेमना गृह पूणर् रुपमा अर्गानिक बनाउने काममा हामी सकृय छौ ।

यो विद्यालय भित्र कोहि विद्यार्थी केहि भएर चोट पटक लाग्यो । वा सामान्य बिरामी भयो । अथवा घरमै पनि केहि मौसमी बिरामी हुँदा कस्ता खाले औषधिको सेवन गर्ने भन्नेबारेमा जानकारी दिन पनि विषेश कक्षको स्थापना गरिएको छ । त्यो हो नर्स कक्ष । यहाँ एक जना स्टाफ नर्स उपलब्ध गराइएको छ । नर्सको नाम हो मुना अधिकारी । उहाँले विद्यार्थीहरुमा देखिने विभिन्न प्रकारका रोगहरुको बारेमा बेला बेलामा कक्षाकोठामै गएर पनि जानकारी गराउने गर्नु भएको छ भने समाजमा फैलिएका अन्य रोगका बारेमा पनि उहाँले विद्यार्थीलाई अवगत गराउने गर्नु हुन्छ ।

अनी अर्को महत्वपूणर् विषय चाहि यो विद्यालमा विषेश कक्षा पनि सञ्चालन हुन्छ । त्यो हो सुन्न नसक्ने विद्यार्थीहरुलाई पनि पढाउनु । यहाँ देशका बिभिन्न स्थानबाट आएका ३० जना बहिरा विद्यार्थी अध्यन गर्छन । उनीहरुकालागि ३ जना शिक्षक शिक्षीकाको प्रबन्ध गरिएको छ । उनीहरुलाई यही खाने र बस्नेको प्रबन्ध विद्यालयले मिलाएको छ । विभिन्न प्रकारका शैक्षिक सामाग्रीको प्रयोग गराएर यी विद्यार्थीहरुलाई पढाइरहिएको भएपनि अझै सामाग्रीको भने पूणर्ता नरहेको विषेश कक्षा सञ्चालन गरिरहनु भएकी शिक्षिका लक्ष्मि ढकाल ।

२०२८ साल पुष २७ गते पृथ्वि जयन्तीको दिन स्थापना भएको यो विद्यालय विभिन्न कालखण्ड पार गर्दै यहाँ सम्म आएको छ । विद्यालयमा विद्यार्थीको आकर्षण र समुदायको चासो निरन्तर बढिरहेको छ । अहिले कक्षा १२ सम्म पढाइ भइरहेको यो विद्यालयमा कुल १ हजार ४ सय १५ विद्यार्थीहरु रहेका छन् ।

 

मंगलमय मावि विद्यार्थी, शिक्षक र अभिभावकलाई सिर्जनसिल बनाउने गज्जवका काइदाहरु – YouTube

अहिलेनै पनि यतीको संख्यामा रहेका यी विद्यार्थीलाई पढाउन भौतीक संरचना पर्याप्त छैनन । १९ कटठ क्षेत्रफलमा फैलिएको यो विद्यालयमा अहिले बिभिन्न उद्धेस्यका गरि कुल ८ वटा भवनमा ५६ वटा कोठा छन् । यी मध्ये २१ कोठा चाहि प्रशाषनिक, चमेना गृह, विभिन्न ल्याव, विद्यार्थी बस्ने होष्टल ,पुस्तकालयमा प्रयोग भएको छ भने बाँकी रहेका ३५ वटा कोठामा झण्डै १५ सय विद्यार्थीलाई अध्यापन गराउनु पर्ने बाध्यता रहेको छ ।

 

विद्यालयले यहाँ अन्य स्नातकको क्षेत्रमा समेत कक्षा सञ्चालन गर्ने लक्ष्य लिएको र सो लक्ष्य पुरा गर्न चाहि भौतिक संरचनाको अपुगपन चुनौती बन्न सक्ने देख्नु हुन्छ विद्यालयका प्रधानाध्यापक मोहन बगाले ।

अहिलेनै पनि यहाँ कम्प्यूटर सिक्नेकालागि विषेश कक्षा छ । विज्ञान विषयका फरक फरक ल्यावहरु रहेका छन् भने अन्य प्रयोगात्मक गराउन पनि कक्षहरु छुट्याएको छ । बदलीदो समाजको आवश्कता र त्यसलाई पुर्ती गर्ने गरि विद्यालयले यहाँ कृषि तर्फका प्राविधिक विषयका जनशक्ति उत्पादन गर्न खास कक्षाहरु सञ्चालन गर्ने पनि योजना बनाएको यस विद्यालयका व्यवस्थापन समिती अध्यक्ष तिर्थ बहादुर थापाले सुनाउनु भयो ।

कमल गाँपालिका कृषिमा आधारीत पालिका रहेको र मंगलमय मावि यहाँको आवश्यकीय जनशक्ति उत्पादन गर्ने कुरामा लागी पर्ने भएपछि यहाँ कृषिमा व्यवसायीकरण हुन सक्ने विस्वास गरिएको छ भने यहाँबाट उत्पादन भएका जनशक्तिलाई विस्वबजारसँग प्रतिस्पर्धा गर्न सक्ने योग्य बनाउने गरि विद्यालयले आफ्नो पठन पाठनलाई अघी बढाइरहेको जनाइएको छ ।

यो विद्यालयलाई सबैको सहज पहुँच हुने गरि, सवै तह र वर्गका नागरिकका छोराछोरीलाई सर्वसुलभ तथा गुणस्तरिय शिक्षा प्रदान गर्ने वातावरण बनाउन गाउँपालिकाले पनि योजना बनाएको गाउँपालिका अध्यक्ष हुकुम सिहं राईले बताउनु भयो ।

शिक्षक दरबन्दी अनुसार यो विद्यालयमा मावि तहमा ७ जना, निमावि तहमा ५ जना,विषेश कक्षाकालागि ३ जना, प्रावि तहकालागि १७ जना गरि कुल ३२ जना रहेका छन् भने ।

निजी श्रोतबाट १३ न्न कर्मचारी ५ जना गरि कुल ५० जना यहाँ कार्यरत हुनुहुन्छ । यहाँ अभिभाजना शिक्षकहरु यहाँ कार्यरत हुनुहुन्छ ।

अन्य विभिवककरुको भेलाले विद्यालय सञ्चालन गर्न सहज होस भनेर तहगत सहयोग पनि लिने गरिएको छ ।

 

जस अनुसार नर्सरी देखी कक्षा ५ सम्मका विद्यार्थीबाट वार्षिक १ हजार , कक्षा ६कालागि ४ हजार ६ सय, ७ कक्षाकालागि वर्षको ५ हजार २ सय, ८ कक्षाकालागि ५ हजार ८ सय, ९ कक्षाकालागि ७ हजार २ सय, १० कक्षाकालागि ८ हजार र ११ तथा १२ कक्षाकालागि वर्षको १२ हजार ८ सय रुपैँया अभिभावक सहयोग शुल्क लिने गरिएको छ ।

 

यही शुल्कबाट १३ जना निजी श्रोतका शिक्षक र ५ जना कर्मचारीहरुको मासिक तलव तथा अन्य विभिन्न खर्च हुने गरेको विद्यालयको प्रशाषनले जनाएको छ ।

मंगलमय मावि विद्यार्थी, शिक्षक र अभिभावकलाई सिर्जनसिल बनाउने गज्जवका काइदाहरु – YouTube

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु