दमक/
विद्यार्थीहरुको भव्य उपस्थितीमा शिक्षकले प्रश्न सोधिरहनु भएको थियो । विद्यार्थी हात उठाएर त्यसको उत्तर दिइरहेका थीए । कोहि विद्यार्थी अहिलेको सम-सामयीक विषयमा आफ्नो वक्तृत्वकला प्रस्तुती देखाइरहनु भएको थियो ।
यी दृश्य देख्दा लाग्न सक्छ यहाँ कुनै प्रतिस्पर्धा भइरहेको छ । बिजेताले पुरस्कार पाइरहेका छन् । विद्यार्थीको उपस्थिती हेर्दा लाग्छ यो एक भव्य कार्यक्रम हो ।
तर खासमा यो कुनै औपचरिक कार्यक्रम भने होईन । प्रतिस्पर्धा हो । तर समुह बनाएर गरिएको पनि होईन ।
यो दृश्य हो झापाको कमल गाउँपालिका वडा नं ५ मा रहेको मंगलमय माद्यमिक विद्यालयको । यहाँ बिहानको विद्यालय प्राथनाको समयमा देखिएका दृष्य हुन ।
यहाँ प्राथनाकै समयमा हरेक दिन विद्यार्थीहरुलाई तीन वटा सामान्य ज्ञानका प्रश्न सोधिन्छ । जान्नेहरुले हात उठाउँछन् र जवाफ दिन्छन् । अनी हरेक दिन एक एक जनाले सम-सामयीक विषयमा आ आफ्नो भनाई पनि राख्छन् ।
मंगलमय मावि विद्यार्थी, शिक्षक र अभिभावकलाई सिर्जनसिल बनाउने गज्जवका काइदाहरु – YouTube
हाजिरी जवाफको प्रश्न मिलाउने र बकृत्वकलामा भाग लिनेलाई त्यहि सोह बेला पुरस्कृत पनि गरिन्छ । यसले विद्यालयमा पठन पाठन सुरु गर्नु अघीनै विद्यार्थीहरुमा पढाईप्रतिको लगाव बढोस भनेर यस प्रकारको कार्यक्रम गर्ने गरिएको विद्यालयले जनाएको छ ।
यो विद्यालयमा प्रवेश गर्नेहरुले अझ धेरै कुराको जानकारी सहजै पाउँछन् । कसैलाई केहि नसोधि विद्यालयका बारेमा बुझ्ने मात्रै नभएर समाजमा भएका सम सामयीक घटनाका बारेमा पनि अवगत हुन सक्छन । किनकी यहाँ आजाका पत्रिकामा के छापीएको छ भन्ने कुरा विद्यालयमा आउने बित्तकै पत्रिकाको कटिङ राखीएको हुन्छ ।
अहिलेको सम सामयीक समस्या व अवस्था के छ भन्नेबारेमा बोर्डमा लेखिएको हुन्छ । आजको महत्वपूणर् भनाई के हुन सक्छ भन्ने बारेमा अग्रेजी र नेपाली दुवै भाषामा लेखिएको हुन्छ । अनी कुन कक्षामा कति विद्यार्थी छन् भन्ने कुरा कक्षा अनुसारका हाजिरी पुस्तिका नपल्टाई र कक्षा शिक्षकलाई समेत नसोधि थाह पाइन्छ । किनकी यहाँ हरेक दिन विद्यार्थीको उपस्थितीको संख्यालाई सबैले देख्ने गरि भित्तामा राखीएको बोर्डमा लेखिएको हुन्छ ।
यी त विद्यालय प्रवेश गर्नेहरुले थाह पाउन सक्ने भए । अव विद्यालयमा रहेका कक्षा कोठामा प्रवेश गर्नेहरुले पनि अन्य कुरा सहजै थाह पाउछन् । विद्यार्थीको संख्या अघीनै थाह पाइएपनि कुन कुन विद्यार्थी उपस्थिती भएका छन् उनीहरुको नाम सहितको विवरण कोठाको अगाडी टासिएको हुन्छ । अनी कक्षा कोठामा रहेका सबै विद्यार्थीहरुको अभिभावकको नाम र सम्पर्क नम्बर समेत रहेकोले विद्यार्थीहरु यदी बिना जानकारी विद्यालय आएनन् भने कक्षा कोठाबाटै तत्कालै कक्षा शिक्षकले सम्बन्धीत अभिभावकलाई सम्पर्क गरि जानकारी लिन सक्ने छन् ।
मंगलमय मावि विद्यार्थी, शिक्षक र अभिभावकलाई सिर्जनसिल बनाउने गज्जवका काइदाहरु – YouTube
साथै विद्यार्थीले समाजमा के भइरहेको छ र केमा कसरी सजगता अपनाउने भन्नेबारेका केहि सुचना हरु पनि त्यहाँ टासिएको छ । अहिले डेङ्गुको जोखिम रहेकोले डेङ्गुको परिचय सहित यसबाट बच्ने उपायका बारेमा हरेक कक्षा कोठामा सन्देश मुलक सामाग्री टासिएको छ ।
विद्यार्थीहरुलाई विषयगत रुपमा ज्ञानयूक्त बनाउन विद्यालयले शिक्षक र विद्यार्थीको सहभागीतामा बिभिन्न विभाग बनाएको छ । आ आफ्नो रुचि र चाहना अनुसार विद्यार्थीलाई बिभाग रोज्न र बस्न स्वतन्त्र छ । यसबाट विद्यार्थीको रुचि कुन क्षेत्रमा बढि रहेछ भन्ने कुराको सामान्य सर्वेक्षणपनि गर्न सकिएको विद्यालयको बिस्वास छ ।
नर्सरी देखी कक्षा १२ सम्म पढाइ हुने यो विद्यालयमा अग्रेजी र नेपाली दुवै भाषामा विद्यार्थीले पढ्न पाउँछन् । विद्यार्थीलाई कितावी ज्ञान मात्रै नभएर अतिरिक्त विषयमा पनि जानकारी गराउने गरि बिभिन्न समुह बनाएर विषयगत कार्यक्रहमरुमा सहभागीता गराउँदै आएको विद्यालय सहायक प्रधानाध्यापक डम्बर पोखरेल बताउनु हुन्छ ।
मंगलयय माविमा अझ अर्को कामलाई पनि निकै सकृयताका साथ लागु गरिएको छ । त्यो आमा समुह । नर्सरी देखी कक्षा ६ सम्म अध्ययन गर्ने विद्यार्थीका आमाहरुको समुह हो यो । यसले साना विद्यार्थीहरुको स्वास्थ्य र हेरचाह कस्तो भइरहेको छ भन्ने बारेमा निगरानी गर्ने गरेको छ । आमा समुहकी अध्यक्ष इशु ढकाल भट्टराई भन्नु हुन्छ हामीले विद्यालयलाई बिभिन्न अखाद्य सामाग्री मिसिएका खाजाहरुमा पूणर्रुपमा निशेध लगाउने गरि काम गरिरहेका छौ । विद्यालयका सर्वपक्षसँग निरन्तर छलफल र परामर्ष गर्दै विद्यालको चेमना गृह पूणर् रुपमा अर्गानिक बनाउने काममा हामी सकृय छौ ।
यो विद्यालय भित्र कोहि विद्यार्थी केहि भएर चोट पटक लाग्यो । वा सामान्य बिरामी भयो । अथवा घरमै पनि केहि मौसमी बिरामी हुँदा कस्ता खाले औषधिको सेवन गर्ने भन्नेबारेमा जानकारी दिन पनि विषेश कक्षको स्थापना गरिएको छ । त्यो हो नर्स कक्ष । यहाँ एक जना स्टाफ नर्स उपलब्ध गराइएको छ । नर्सको नाम हो मुना अधिकारी । उहाँले विद्यार्थीहरुमा देखिने विभिन्न प्रकारका रोगहरुको बारेमा बेला बेलामा कक्षाकोठामै गएर पनि जानकारी गराउने गर्नु भएको छ भने समाजमा फैलिएका अन्य रोगका बारेमा पनि उहाँले विद्यार्थीलाई अवगत गराउने गर्नु हुन्छ ।
अनी अर्को महत्वपूणर् विषय चाहि यो विद्यालमा विषेश कक्षा पनि सञ्चालन हुन्छ । त्यो हो सुन्न नसक्ने विद्यार्थीहरुलाई पनि पढाउनु । यहाँ देशका बिभिन्न स्थानबाट आएका ३० जना बहिरा विद्यार्थी अध्यन गर्छन । उनीहरुकालागि ३ जना शिक्षक शिक्षीकाको प्रबन्ध गरिएको छ । उनीहरुलाई यही खाने र बस्नेको प्रबन्ध विद्यालयले मिलाएको छ । विभिन्न प्रकारका शैक्षिक सामाग्रीको प्रयोग गराएर यी विद्यार्थीहरुलाई पढाइरहिएको भएपनि अझै सामाग्रीको भने पूणर्ता नरहेको विषेश कक्षा सञ्चालन गरिरहनु भएकी शिक्षिका लक्ष्मि ढकाल ।
२०२८ साल पुष २७ गते पृथ्वि जयन्तीको दिन स्थापना भएको यो विद्यालय विभिन्न कालखण्ड पार गर्दै यहाँ सम्म आएको छ । विद्यालयमा विद्यार्थीको आकर्षण र समुदायको चासो निरन्तर बढिरहेको छ । अहिले कक्षा १२ सम्म पढाइ भइरहेको यो विद्यालयमा कुल १ हजार ४ सय १५ विद्यार्थीहरु रहेका छन् ।
मंगलमय मावि विद्यार्थी, शिक्षक र अभिभावकलाई सिर्जनसिल बनाउने गज्जवका काइदाहरु – YouTube
अहिलेनै पनि यतीको संख्यामा रहेका यी विद्यार्थीलाई पढाउन भौतीक संरचना पर्याप्त छैनन । १९ कटठ क्षेत्रफलमा फैलिएको यो विद्यालयमा अहिले बिभिन्न उद्धेस्यका गरि कुल ८ वटा भवनमा ५६ वटा कोठा छन् । यी मध्ये २१ कोठा चाहि प्रशाषनिक, चमेना गृह, विभिन्न ल्याव, विद्यार्थी बस्ने होष्टल ,पुस्तकालयमा प्रयोग भएको छ भने बाँकी रहेका ३५ वटा कोठामा झण्डै १५ सय विद्यार्थीलाई अध्यापन गराउनु पर्ने बाध्यता रहेको छ ।
विद्यालयले यहाँ अन्य स्नातकको क्षेत्रमा समेत कक्षा सञ्चालन गर्ने लक्ष्य लिएको र सो लक्ष्य पुरा गर्न चाहि भौतिक संरचनाको अपुगपन चुनौती बन्न सक्ने देख्नु हुन्छ विद्यालयका प्रधानाध्यापक मोहन बगाले ।
अहिलेनै पनि यहाँ कम्प्यूटर सिक्नेकालागि विषेश कक्षा छ । विज्ञान विषयका फरक फरक ल्यावहरु रहेका छन् भने अन्य प्रयोगात्मक गराउन पनि कक्षहरु छुट्याएको छ । बदलीदो समाजको आवश्कता र त्यसलाई पुर्ती गर्ने गरि विद्यालयले यहाँ कृषि तर्फका प्राविधिक विषयका जनशक्ति उत्पादन गर्न खास कक्षाहरु सञ्चालन गर्ने पनि योजना बनाएको यस विद्यालयका व्यवस्थापन समिती अध्यक्ष तिर्थ बहादुर थापाले सुनाउनु भयो ।
कमल गाँपालिका कृषिमा आधारीत पालिका रहेको र मंगलमय मावि यहाँको आवश्यकीय जनशक्ति उत्पादन गर्ने कुरामा लागी पर्ने भएपछि यहाँ कृषिमा व्यवसायीकरण हुन सक्ने विस्वास गरिएको छ भने यहाँबाट उत्पादन भएका जनशक्तिलाई विस्वबजारसँग प्रतिस्पर्धा गर्न सक्ने योग्य बनाउने गरि विद्यालयले आफ्नो पठन पाठनलाई अघी बढाइरहेको जनाइएको छ ।
यो विद्यालयलाई सबैको सहज पहुँच हुने गरि, सवै तह र वर्गका नागरिकका छोराछोरीलाई सर्वसुलभ तथा गुणस्तरिय शिक्षा प्रदान गर्ने वातावरण बनाउन गाउँपालिकाले पनि योजना बनाएको गाउँपालिका अध्यक्ष हुकुम सिहं राईले बताउनु भयो ।
शिक्षक दरबन्दी अनुसार यो विद्यालयमा मावि तहमा ७ जना, निमावि तहमा ५ जना,विषेश कक्षाकालागि ३ जना, प्रावि तहकालागि १७ जना गरि कुल ३२ जना रहेका छन् भने ।
निजी श्रोतबाट १३ न्न कर्मचारी ५ जना गरि कुल ५० जना यहाँ कार्यरत हुनुहुन्छ । यहाँ अभिभाजना शिक्षकहरु यहाँ कार्यरत हुनुहुन्छ ।
अन्य विभिवककरुको भेलाले विद्यालय सञ्चालन गर्न सहज होस भनेर तहगत सहयोग पनि लिने गरिएको छ ।
जस अनुसार नर्सरी देखी कक्षा ५ सम्मका विद्यार्थीबाट वार्षिक १ हजार , कक्षा ६कालागि ४ हजार ६ सय, ७ कक्षाकालागि वर्षको ५ हजार २ सय, ८ कक्षाकालागि ५ हजार ८ सय, ९ कक्षाकालागि ७ हजार २ सय, १० कक्षाकालागि ८ हजार र ११ तथा १२ कक्षाकालागि वर्षको १२ हजार ८ सय रुपैँया अभिभावक सहयोग शुल्क लिने गरिएको छ ।
यही शुल्कबाट १३ जना निजी श्रोतका शिक्षक र ५ जना कर्मचारीहरुको मासिक तलव तथा अन्य विभिन्न खर्च हुने गरेको विद्यालयको प्रशाषनले जनाएको छ ।
मंगलमय मावि विद्यार्थी, शिक्षक र अभिभावकलाई सिर्जनसिल बनाउने गज्जवका काइदाहरु – YouTube