दमकमा छुरा हानी हत्या गर्ने तीन जना पक्राउ , कोको र कहाँका रहेछन् ? हेरौ भिडियोमा

दमक/
गत असोज १२ गते बिहानको ४ बजे । स्थान हो दमक १ स्थित कुमाल चोकमा रहेको रुवल माछा फ्राई एण्ड गेष्ट हाउस ।

 

यहाँ दमक र इलाम स्थित चुलाचुलीका केहि यूवाहरु भेला भएर खाजा खाए । अघील्लै दिन समयमै बसेका उनीहरु होटलमा मादक पदार्थ सेवन गर्दै समय सम्म बसेका थीए । र बिहानको ४ बजेको थियो ।

(3) दमकको छुरा काण्ड, हत्यामा संलग्नलाई प्रहरीले गर्यो सार्वजनिक । कोको हुन ? – YouTube

सबै एक आपसमा साथीहरु । सँगै बसेर खाए । रमाईलो गरे । तर सामान्य कुरामा विवाद भएपछि त्यहाँ भनाभन भयो । हात हाला हाल भयो । एक जनाले त आफ्नै साथीलाई छुरा समेत प्रहार गरे । छुरा प्रहारबाट चुलाचुली गाउँपालिका वडा नं ३ का ३८ वर्षिय गोविन्द लिम्बुको घाँटी तथा पाखुरामा प्रहार भयो र उनको मृत्यू भयो ।

(3) दमकको छुरा काण्ड, हत्यामा संलग्नलाई प्रहरीले गर्यो सार्वजनिक । कोको हुन ? – YouTube

छुरा प्रहार गर्ने लिम्बुकै साथी थीए । उनको नाम हो २२ वर्षे सनम राई । दमक ७ स्थाई घर भएका राईलाई प्रहरीले ३ दिन लगाएर खोजी गर्यो र सोमबार पक्राउ गर्र्योे ।

उनलाई प्रहरीले सोमबार मोरङको उर्लाबारी स्थित वडा नं १ मा रहेको टप्पु बस्तिबाट पक्राउ गरेको हो । उर्लाबारी मधुमल्ला सडक स्थित विप्लव तामाङको घर अगाडी मोटरलाईसकल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले पत्रकार सम्मेलननै गरेर अभियूक्त सहित सार्वजनिक गर्यो ।

(3) दमकको छुरा काण्ड, हत्यामा संलग्नलाई प्रहरीले गर्यो सार्वजनिक । कोको हुन ? – YouTube

इलाका प्रहरी कार्यालय दमकमा गरिएको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र प्रसाद रिजालले राई सहित अन्य तीन जनालाई समेत सार्वजनीक गर्नु भयो ।

 

पक्राउ परेका अन्य दुईजना दमक १ निवासी २२ वर्षका आनन्द भन्ने राज कुमार भुजेल र दमक ७ बस्ने १८ वर्षका रेहान भन्ने सवास आलम रहेका छन् ।

तीन जनलाईनै पक्राउ गरि थप अनुसन्धान भइरहेको दमक प्रहरी प्रमुख मनोज कुमार लामाले जानकारी दिनु भयो ।

भिडियोमा हेरौ

(3) दमकको छुरा काण्ड, हत्यामा संलग्नलाई प्रहरीले गर्यो सार्वजनिक । कोको हुन ? – YouTube

 

 

Share: