दमक/
दमकका मुख्य बजार क्षेत्रमा ढल बनाउदा भत्काईएको सडक बर्ष दिन बित्दा समेत पुनः मर्मत नगरेका कारण ब्यवसायी र उपभोक्ता मारमा परिरहेका छन् ।
अझ चाडपर्व नजिकीयसँगै सडकमा धुलो उडेका कारण व्यापार समेत हुन नसकेको व्यापारीको गुनासो छ ।
व्यापारीले यो समस्या झेलेको महिनौ भयो । केहि स्थानमा त अझ वर्ष दिन बढि पनि भइसक्यो । तर यसको सुनुवाई अथवा सडक मर्मत भने हुन सकेन ।
खस गरेर यहाँ सिफेज ढल निर्माण गर्न भन्दै सडक भत्काएर यसै छोडेपछि समस्या सिर्जना भएको हो ।
यो समस्याको बारेमा नेकपा एमाले निकट व्यवसायीहरुले सस्थागत रुपमा दमक नगरपालिकाको ध्यानाकर्षण गराएका छन् ।
यस अघी पनि यस्ता ध्यानाकर्षण पत्र बुझाएको नेपाल उद्योग तथा ब्यबसायी महासंघले यो चार्डपर्व नजिकैसँगै यो समस्याको समाधान यथासक्य चाडो गरिदिन माग गर्दै दमक नगरपाकिलाका प्रमुख राम कुमार थापालाई ज्ञापन पत्र बुझाएको हो ।
महासघंका दमक नगर कमिटी अध्यक्ष रमेश लुईटेल र कोशी प्रदेश कमिटका सदस्य बिमल दखतिवडाले हस्ताक्षर गरि बुझाइएको सो ज्ञापन पत्रमा भनिएको छ ‘चाडपर्वको समयमा हुनसक्ने लुटपाट तथा चोरीका घटना नियण्त्रणका लागि पुराना बिग्रेका सिसि क्यामेरा मर्मत र थप नयाँ जडान गर्न, दमकको नमुना बजारको ब्यवस्थापनमा चासो दिएर तत्कालै काम गर्न समेत ध्यानर्षण मार्फत अनुरोध गरिएको छ ।
पशुहाटदेखि फाल्गुनन्दचोक र फाल्गुनन्द चोकदेखि हिमावि स्कूलसम्मको सडक भत्काएर तत्कालै बनाउने भनिएको पनि लामो समयसम्म नबन्दा ब्यवसायीहरु यसबाट धेरै नै पीडित बनेको महासंघको ठहर छ ।
तर संयोग के भयो भने यो सडक सोमबार साझँबाट नै मर्मत हुन थालेको छ । पशुहाट खण्डबाट यो सडक मर्मतको काम सुरु भएको दमक नगरपालिकाले जनाएको छ ।