दमक/
ठगी गर्नेहरुका पनि अनेक चाल । प्रहरीले लागु औषध कारोबार गरि पक्राउ गरेको र अदालतबाट म्याद थप लिइ अनुसन्धान भइरहेको अवस्थामा एक व्यक्तिले भने मुद्धा मिलाइदिने भन्दै ठगी गरेका छन् ।
(3) ठगी गर्नेहरुका पनि अनेक चाल । – YouTube
यो घटना झापा स्थित दमक हो । गत असार २६ गते रात साढे ११ बजेको समयमा प्रतिबन्धीत लागु औषध सहित ३ जनालाई पक्राउ गरेको थियो ।
(3) ठगी गर्नेहरुका पनि अनेक चाल । – YouTube
दमक २ स्थित २७ वर्षे तिलक राम खवासको कोठाबाट तिलक सहित दिपक शाह र रेशम गौतमलाई इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको थियो ।
उनीहरुलाई प्रतिबन्धीत लागु औषधको कारोबार गरेको प्रमाण सहित घटना स्थलबाटै पक्राउ गरिएको थियो । पक्राउ परेका तीनजनाकै विरुद्धमा अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेका बेला मुद्धा मिलाइदिने भन्दै एक लाख रुपैँया ठगी गरेका छन् ।
(3) ठगी गर्नेहरुका पनि अनेक चाल । – YouTube
ठगी गर्नेमा दिपक शाहका आफन्त दमक ५ क्याम्पसमोड बस्ने ३८ वर्षीय शिव नारायण सिहं रहेको प्रहरीले जनाएको छ ।
सिहंलाई सोमबार दमक बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र प्रसाद रिजालले आज दमकमा पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।
भिडियोमा हेरौ
(3) ठगी गर्नेहरुका पनि अनेक चाल । – YouTube