दमक/
दमक नगरपालिकाले चार्ड पर्व नजिकियसँगै बजार अनुगमनलाई पनि तिब्रता दिएको छ । नगरपालिकामा रहेको अनुगमन समितीले केहि समय अघी होटल तथा साना खाले रेष्टुरा एवं सडकमा राखेर बेचिने खाद्य पसलहरुको अनुगमन गरेको थियो ।
सो अनुगमन गरेको केहि दिनमै फेरि दमकमा रहेका घरेलु उद्योग तथा रेष्टुरेण्टमै अनुगमन गरेको छ ।
(3) दमकको हिमालय बेकरी सिल, अन्यमा केके भेटियो ? Damak Bazar Anugaman – YouTube
सोमबार पनि खाद्य पसलहरुको अनुगमनमा निष्किएको अनुगमन टोलीले पहिलो सबै भन्दा पहिलो पटक संगम स्विटमा अनुगमन गरेको थियो । यहाँ प्रयोग गरिने तेल तथा रङ्गहरुको स्पोर्ट परिक्षण समेत गरिएको थियो । संगम स्विटमा बेच्नकालागि राखीएका केहि सामाग्रीहरु खुल्ला रुपमा भेटिएको बाहेक केहि पनि कैफियत नभेटिएको अनुगमन टोलीमा सहभागी खाद्य अधिकृत लक्ष्मी न्यौपानेले बताउनु भयो ।
(3) दमकको हिमालय बेकरी सिल, अन्यमा केके भेटियो ? Damak Bazar Anugaman – YouTube
यसपछी थकाली किचने एण्ड बारमा पनि अनुगमन टोलीले अनुगमन गरेको थियो । यहाँ पनि खानामा कस्ता सामाग्री मिसाएर पकाइन्छ र तेलको अवस्था कस्तो भनेर परिक्षण सहित अनुगमन गरिएको थियो । यहाँ पनि कुनै कैफियत भेटिएन ।
यसपछि गोर्खा डिर्पाटमेण्टको माथील्लो तलामा रहेको गोर्खा किचेनमा अनुगमन गरेको थियो । यहाँ बेच्न राखीएका केहि सामाग्रीहरुमा अखाद्य बस्तुहरु मिश्रण गरेको भेटिएकोले ती सामान जफत गरिएको थियो भने यसरी बेच्दा उपभोक्ताको स्वास्थ्यमा समस्या आउने भन्दै नबेच्न अनुरोध गरिएको थियो ।
(3) दमकको हिमालय बेकरी सिल, अन्यमा केके भेटियो ? Damak Bazar Anugaman – YouTube
यसपछि दमक ५ गोर्खाली टोलमा रहेको हिमालय पाउरोटि उद्योग तथा बेकरीमा अनुगमन गर्न टोली पुगेको थियो । यहाँ भने अखाद्य सामाग्री मिसाएर बेकरीका सामान उत्पादन गर्दै गरेको टोलीले भेट्यो । अत्यन्तै फोहोर तरिकाले बेकरीका सामान बनाइरहेको , मानव स्वास्थ्यमा असर पार्ने केमिकल तथा सामाग्रीको अत्याधिक प्रयोग गरेको भेटिएपछि यसलाई एक हप्ता सम्म उद्योगनै चलाउन नदिने गरि बन्द गरिएको अनुगमन समिती संयोजक तथा नगरकी उप प्रमुख रेगिना भट्टराई प्रसाईले बताउनु भयो ।
(3) दमकको हिमालय बेकरी सिल, अन्यमा केके भेटियो ? Damak Bazar Anugaman – YouTube
अनुगमन पछि उज्यालो खवरसँग संक्षीप्त कुरा गर्दै खाद्य निरिक्षक न्यौपानेले उपभोक्ताहरुलाई समेत सचेत हुन अपील गर्नु भएको छ । बजारमा पाइने जुन सुकै खानेकुरामा पनि यदी रङ्ग मिसाएर बनाएको छ भने त्यस्ता खानेकुराको सेवन नगर्न उहााको अनुरोध छ । ती सामाग्रीहरुले मानव स्वास्थ्यमा दीर्घकालीन समस्या पार्ने भएकोले यस तर्फ सचेत हुनुपर्ने उहाँको भनाई छ ।
(3) दमकको हिमालय बेकरी सिल, अन्यमा केके भेटियो ? Damak Bazar Anugaman – YouTube
हिमालय पाउरोटीबाट उत्पादन हुदै गरेका बिभिन्न सामाग्री, गोर्खा डिपार्टमेण्डमा बेच्न ठीक्क पारेका केहि खानेकुरा नगरले जफत गरेको थियो । जफत गरेका ती सामाग्रीलाई दमक २ मा रहेको फोहोर प्रसोधन केन्द्र नेक्स्ट इरा इनर्जीमा लगि नष्ट गरिएको छ ।
भिडियो हेरौ
(3) दमकको हिमालय बेकरी सिल, अन्यमा केके भेटियो ? Damak Bazar Anugaman – YouTube